logo
  • आइतबार, असोज ११ २०८३

जुवा खालमा प्रहरीको छापा, साढे २ लाख सहित ७ जना पक्राउ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी असोज ३०।
गुल्मी प्रहरीले सदरमुकामको एक जुवाको खालमा छापा मारेको छ । रेसुंगा नगरपालिका ८ खानीगाउँका रमेश श्रीसको घरमा लुकिछिपी जुवा खेलिरहेका सात जनालाई पक्राउ गरेको छ । रेसुंगा नगरपालिका ८ का ३३ बर्षिय तारा श्रीस, ३२ बर्षिय हरिशचन्द्र थापा, ३५ बर्षिय रमेश श्रीस, ३२ बर्षिय लक्ष्मण थापा, ३१ बर्षिय तुल्सी पहराई, धुर्कोट गाउँपालिका ३ का ३० बर्षिय मेयरसिंह बिष्ट र अर्घाखाँची छत्रदेव गाउँपालिका ८ का ३४ बर्षिय छत्र थापा पक्राउ परेको प्रहरी जनाएको छ ।

जुवाको खालबाट दुई लाख सन्ताउन्न हजार पाच सय सन्तानव्वे रुपैयाँ समेत प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले बताए ।

लुकिछिपि जुवातास खेल्ने खेलाउने गरेको विशेष सुराकीको आधारमा प्रहरी नायव उपरीक्षक थापा सहितको प्रहरी टोलीले श्रीसको घरमा खानतलासी गरेको थियो । पक्राउ परेकाले सवैलाई जुवा ऐनं २०२० अनुसारको कारबाहि गरिने थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend