logo
  • आइतबार, असोज ११ २०८३

केकुलेको भिरको ढुङ्गा खसेर एक जनाको ज्यान गयो


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रेम सुनार, गुल्मी असोज २९ ।
अहिले साँझ केहि वेर अघि तम्घास अर्खले नयाँगाउँ प्युठान सडक खण्डको केकुलीको भिरबाट ढुङ्गा खसेर एकजनाको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका वडा नम्वर ४ को रैदीमा बाटो हिड्दै गरेका नाम नखुलेका अन्दाजी ३५ वर्षिय पुरुषको ज्यान गएको घटना स्थलमा पुगेका प्रहरीले बताएका छन् ।

उक्त सडकको स्तरबृद्धि गर्ने क्रममा विशाल चट्टान रहेको केकुलीको भिरमा केहिदिन अघि वलाष्टीङ्ग गर्दा सिङ्गो पहाड नै खसेर सडकको समेत नामोनिशान मेटाई दिएको थियो । मृत्यु हुने कहाँका र को व्यक्ति हुन भन्ने हुलिया नखुलेको प्रहरीले जानकारी दियो ।

घटना स्थलमा पुगेका प्रहरी नायव निरीक्षक शिव खत्रीले दिएको जानकारी अनुसार मृतकको टाउँमा गम्भीर चोट लागेको छ । माथीबाट ढुङ्गा खस्दै गरेको र ति व्यक्तिको टाउँकोमा बज्रिएको देख्ने स्थानिय भएको खत्रीले बताए ।

केकुलेको डाँडो नै वलास्टीङ गर्ने क्रममा खस्दा जोखिम पुर्ण बनेको छ तल रैदीको यात्रा र स्थानियवासीलाई ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend