logo
  • आइतबार, असोज ११ २०८३

बृहत कृषि अनुसन्धानको लागि चिनिया टोली गुल्मीमा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिश शर्मा गैरे, गुल्मी असोज २७ ।
गुल्मी जिल्लाको कृषि क्षेत्रका अनुसन्धान र आधुनिकिकरण सहित बिभिन्न सुभाब सल्लाह दिन चिनको बिशेषज्ञ टोली गुल्मीको मुसिकोट आएको छ । बिशेष गरी मुसिकोट नगरपालिका १ मा रहेको भर्माचौरमा रहेको सम्भावनाहरुलाइ अध्ययन र अनुसन्धानको लक्ष्य सहित भर्माचौर नमुना एकिकृत कषि फर्मको आयोजनामा सो टोली आएको हो ।
चिनमा छात्राबृतिमा बिद्यावारिधी गर्न पुगेका समाजसेवी दामोदर भुषालको पहलमा चिनको राज्य सभाको मातहतको अनुसन्धान बिकास केन्द्रको टिम आएको हो । सो समुहमा बिकास केन्द्रका प्रमुख योङसेङ चाङ्ग, ताइदोङ्ग चाउ, जिगाँग वि र चिरोङ्ग हाओ गुल्मी आएका हुन । उनीहरुले त्यस क्षेत्रको कृषिको सम्भाव्यता अध्ययनको लागि बिभिन्न परीक्षणहरु गर्ने भएका छन ।

कृषिको अध्ययन अनुसन्धानको लागि चिन सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा विद्यावारिधि गदै गरेका नेता दामोदर भूषालको विशेष पहल तथा त्रिभुवन विश्व विद्यालय बनस्पति विभागको आयोजना र स्थानीय भर्माचौर नमूना एकिकृत कृषि फर्म मुसिकोट नगरपालिका १ गुल्मीको समन्वयमा चिनको केन्द्रिय सरकारको मातहतमा रहेको विकास अनुसन्धान केन्द्रको उच्च स्तरीय टोली गुल्मी तथा बाग्लुङ्गको पौदी क्षेत्रमा अनुसन्धान परिक्षण सम्भाव्यता अध्ययन लागि आएको हो ।

चार जनाको चिनिया टोली नेपाली कला बाजा गाजा, भजन तथा भैलो सँगै स्वागत गरीएको थियो । स्वागत सँगै आयोजित कार्यक्रममा बोल्दब्ै सो अनुसन्धान बिकास केन्द्रका प्रमुख योङसेङ चाङ्गले नेपालमा आफुहरु मित्रता सम्बन्ध कायम गर्न र केही कुराहरु सिक्न सिकाउन आएको बताए ।

‘हामी यहाँ तीन उद्धेश्यहरु लिएर आएका छौ’ उनले भने ‘पहिलो मित्रता कायम गर्ने, दोस्रो चिनमा रहेको प्रविधि र बिकासहरु उहाँ उपलब्ध गराउने र तेश्रो यो ठाँउलाइ हानी नगरी कृषिको बिकासको मार्ग अगाढी बढाउनु’ ।

उनले नेपालमा थुप्रै सम्भावनाहरु रहेको बताउँदै यो परिवेश देख्दा आफ्नो गाँउमा आएजस्तो अनुभुती भएको बताए । उनले काठमाण्डौबाट यहाँको ३५० किलोमिटर दुरी चिनमा १ घण्टाको यात्रामा पुरा गर्न सकिने बताउँदै यहाँ ११ घण्टा भन्दा बढी लागेको बताए ।

उनले आफुहरु यहाँ यसो गर्नुस उसो गर्नुस भनेर किसानहरुलाइ निर्देशन दिन नआएको भइ किसानहरुको बिचार सुनेर र आफुले त्यसमा सुझाब दिएर काम गर्ने बताए । उनले यहाँको कला र संस्कृतिलाइ सिक्ने मौका पनि मिलेको भन्दै खुशी ब्यक्त गरे ।

उनले चिन सरकारले नै बनाइदिन लागेको मध्यपहाडी लोकमार्ग हुँदै आफु आउन पाँउदा खुशी लागेको बताए । उनले चिनले मात्र ४० बर्षको उमेरमा बिकासमा फड्को मारेर अगाढी बढेको बताउँदै नेपालमा पनि यो सम्भव भएको बताए ।

कार्यक्रमको अवसरमा बोल्दै चिनको टोली नेपाल ल्याउने काम गरेका समाजसेवी दामोदर भुषालले चिनका काम धेरै कुरा थोरै गर्ने प्रवृति भएको र त्याहा किसान र जनता अत्यन्तै मिहेनती भएको कारण बिकास भएको बताए । उनले देशमा समृद्धि कसरी स्थापित गर्ने भनेर चिनिया टोली यहाँ आएको बताए ।

चिन सिद्धान्तले भन्दा पनि मिहेनत र कामले बिकास गरेको उनले बताए । प्राकृतिक रुपले सम्पन्न भएपनि बिपन्न हुनु परेको हामी नागरीकको लागि आजको यो टोलीले बिशेष भुमिका खेल्ने बताए । यो टोलीले अब यहाँ सम्बन्धी बृहत कार्ययोजना बनाइ चिन पठाइएपछि काम सुरु हुने भएको छ ।

त्यसपछि मात्र यस क्षेत्रका कृषकहरुलाइ चिनमा नै लगेर तालीम प्रदान गरीने जनाइएको छ । कम लागतमा छोटो समयमा अधिक उत्पादन गर्न सकिने गरी तालीम दिन कृषकहरुले त्याहा जाने भएका छन । उनीहरुलाइ आगामी बर्ष २०१८ मा चिनमा लगी तालीम दिइने भएको छ ।

कार्यक्रमको अवसरमा त्रिभुवन बिश्वबिद्यालयका बनस्पति बिभागका प्राद्यापक डाक्टर राम कैलाश यादब, मुसिकोटका मेयर सोमनाथ सापकोटा, बडिगाढ गाँउपालिका प्रमुख मेहरसिँह पाइजा, कृषि फर्मका अध्यक्ष जीवन अर्याल लगायतले बोल्दै चिनको कृषि प्रबिधि नेपालमा पनि भित्र्याएर नेपाललाइ पनि समृद्धिको बाटोसमा हिड्न सहयोग गर्न आग्रह गरेका थिए ।

कृषि फर्मका सदस्य यादब घिमिरेको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिब दिनानाथ पौड्यालले गरेका थिए । कार्यक्रममा दोहोरो कुराकानीको लागि दौभाषेको ब्यबस्था गरीएको थियो ।

टोलीले जैविक कृषि प्रणालीको सम्भाव्यता र कृषि क्षेत्रमा नेपाल र चिनको सहकार्यका लागि सम्भाव्यता अध्ययन गर्नका लागि टोली आउने जनाइएको छ । सो अवसरमा कृषि पद्रशनी गरी उत्कृष्ट कृषकलाइ पुरस्कृत पनि गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend