साझा नेटवर्क
हिम शिखर ।
धुर्कोट गाँउपालिका–२ पिपलधाराका वैदेशिक रोजगारीमा रहेका युवाहरुद्धारा संचालित सामाजिक संस्था ‘पिपलधारा चौतारी सम्पर्क समिति विश्व संजाल गुल्मी’ले एक वृहत कार्यक्रमको आयोजना गरी नेपाल सरकार पर्यटन मन्त्रालय र सोही संस्थाको संयुक्त लगानीमा निर्मित भुइतलामा एक कोठा समेत रहेको मञ्च तथा कार्यलय समुद्घाटन , स्थानिय नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम एवं सोही वडाका दुइ माध्यमिक विद्यालय का २०७३ एसइइ परीक्षामा उतिर्ण उत्कृष्ट विद्यार्थी लाइ पुरस्कार वितरण कार्यक्रम र विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल सरकार पर्यटन मन्त्रालयबाट विनियोजित रकम पाँचलाख र संस्थाको तर्फबाट ६लाख ५० हजार गरि कुल ११ लाख पचास हजारमा निर्माण गरिएको उक्त मञ्चको भुइँतलामा एक कोठा समेत बनाइएको हुदा उक्तकोठामा सोही संस्थाको कार्यलय रहने गरी यही कार्यक्रम बाट उक्त कार्यलय समेत उद्घाटन गरिएको थियो । उक्त मञ्चको उद्घाटन धुर्कोट गाँउपालिका प्रमुख भुपाल पोखरेलले गर्नु भएको थियो ।
परोपकारी एवं विकास निर्माण कार्यगर्दै आएको उक्त संस्थाले जन निर्वाचित प्रतिनिधिहरु धुर्कोट गाँउ पालिका प्रमुख भुपाल पोखरेल, उपप्रमुख शिव खत्री,धुर्काेट गाउँपालिका २ का वडा अध्यक्ष नविन जि.सी., गाउँकार्यपालिका सदस्य कमला घर्ती, महिला सदस्य सुमित्रा खनाल, दलित महिला सदस्य सुन्तली वि.क.(अमृता), सदस्य बाबुराम के.सी.लाई संस्थाका केन्द्रिय उपाध्यक्ष निरञ्जन खड्का, महासचिव राजेन्द्र खड्का, केन्द्रिय कोषाध्यक्ष रामप्रसाद घिमिरेले खादा तथा सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए ।
साथै गणेश माध्यमिक विद्यालयबाट २०७३ सालको एस.ई.ई. उत्तिर्ण छात्रा÷छात्रहरु पुस्कर थापा र प्रतिक्षा खनाललाई, नगद पुरस्कार र प्रमाण पत्र र विद्यालयका प्र.अ. बाबुराम खनाललाई सम्मान पत्र प्रदान गरीएको थियो, भने ज्ञानोदय मा.वि.का छात्र÷छात्रा क्रमसः बसन्त के.सी.(ग्रेड ए., जिपिए ३.२५ प्राप्त), अमृता थापा (वि प्लस, जिपिए २.९५),अन्सु खत्री (वि प्लस, जिपिए २.९५), लाई नगद तथा प्रमाण पत्र वितरण र सोही मा.वि.का प्र.अ. हुकुम बहादुर महतलाई सम्मान पत्र प्रदान गरी सम्मान गरीएको थियो ।
धुर्काेट गाउँपालिका प्रमुखको प्रमुख आतिथ्य र वडा अध्यक्ष नविन जि.सी.को विशेष आतिथ्य रहेको उक्त कार्यक्रमलाई भव्य बनाउनको निमित्त सास्कृतिक कार्यक्रम समेत राखिएको थियो ।
उक्त सांस्कृतिक कार्यक्रममा लोक दोहोरी गायक गायिका असिम महत, रामकुमार विष्ट, बसन्ती थापामगर र नृत्य कलाकार सरीता खड्काका आ–आफ्ना बेजोड सांगितीक प्रस्तुतीले पिपलधारावासीलाई भरपुर मनोरञ्जन दिएका थिए भने स्थानिय कलाकारहरु नृत्य तर्फ कविता विश्वकर्मा र दीपक खड्का, गायन तर्फ दीपेन्द्र थापा र विशाल वि.सी. ले कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।
संस्थाका केन्द्रिय उपाध्यक्ष निरञ्जन खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा अध्यक्ष नविन जि.सी., उपप्रमुख शिव खत्री, प्रमुख भुपाल पोखरेलले शुभकामना मन्तव्य राख्दै आफ्ना सयदिने कार्यक्रम कार्यप्रगती, कार्यनिती र आगामी कार्यक्रम र योजना प्रस्तुत गरेका थिए ।
मन्तव्यको क्रममा गा.पा. प्रमुख पोख्रेलले चौतारीले गरेका ऐतिहासिक कार्यको सहराना गर्दै पिपलधाराको समग्र विकासको लागि पर्यटन मन्त्रालयले जस्तै गा.पा.ले पनि आफ्नो पाँचवर्षे कार्यकालमा पिपलधारा चौतारीलाई साझेदार संस्थाको रुपमा अघि बढाउन गा.पा. ले आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने बाचा गर्नुभएको थियो साथै गा.पा. देखि प्रत्येक वडा सम्मको मोटरबाटोलाई स्तर उन्नती गर्दै गा.पा. देखि कृष्णनगर सम्मको बाटो नियमित सञ्चालन गर्न काम अगाडी बढेको भन्दै नादी खोलामा पक्की पुल निर्माण तिहार पश्चात सुरु हुने जानकारी समेत गराउनु भएको थियो ।
उक्त ऐतिहासिक कार्यक्रममा विभिन्न संघ संस्था राजनितिक दलका प्रतिनिधी, विद्यालयका प्र.अ.हरु र पिपलधारा चौतारी सम्पर्क समितिका केन्द्रिय महासचिव राजेन्द्र खड्का के.स.कोषाध्यक्ष रामप्रसाद घिमिेर, संगठन विस्तार संयोजक केशवराज घिमिरे, प्रेस संयोजक हिमशिखर रसाईली केन्द्रिय सदस्य सुन्दर कार्की, भारत उपसमिति, गल्फ उपसमिति, मलेसिया उपसमिती दुवई उपसमिति पदाधिकारीहरु क्रमस: प्रेमसागर वि.क., धु्रव थापा, प्रसान्त खनाल, नारायण खनाल, एम्बुलेन्स सञ्चालक तथा पूर्व केन्द्रिय सदस्य राम ब. खड्का लोकल समितिका अध्यक्ष बाबुराम जि.सी., सचिव सुर्य खड्का सह सचिव नरेन्द्र थापा, सदस्यहरु कृष्ण खड्का, भुवन खत्री, रेखा के.सी., लगायत विभिन्न वुद्धिजिवी, समाजसेवीहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य के.स. कोषाध्यक्ष रामप्रसाद घिमिरेले दिनुएको थियो । अतिथी सम्मान तथा स्वागत लक्ष्मी खड्का र पुजा जि.सी.ले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन स्थानिय समितिका सह सचिव उत्कृष्ट नरेन्द्र थापाले गर्नुभएको थियो ।

















© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend