logo
  • आइतबार, असोज ११ २०८३

गुल्मी भुर्तुङ्ग-काठमाण्डौ सम्पर्क समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

देबेन्द्र केसी /दिपक शर्मा ।
बिजया दशमी तथा दिपावलीको अवसर पारेर गुल्मी भुर्तुङ्ग -काठमाण्डौ समाजले आयोजना गरेको सुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम संस्थाको नवनिर्वाचित अध्यक्ष दिपक शर्माको अध्यक्षतामा गुल्मी जिल्ला, कालीगण्डकी गाँउपालिका, वार्ड नं ७ अन्तरगतको दुर्गा भवन उमाविको सभाहलमा सम्पन्न भएको छ ।
गाँउपालिका अध्यक्ष बेद बहादुर थापा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा भुर्तुङ्गका गन्यमान्य ब्यक्तिहरु, बुद्धिजिवी,शिक्षक,राजनितिक दलका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो । ढिलो गरि प्राप्त जानकारी अनुसार बिजया दशमीको भोलिपल्ट पारि आश्विन १५ गते सम्पन्न भएको उक्त कार्यक्रमको संञ्चालन संस्थाका सचिव कमल आचार्यले गर्नुभएको थियो ।
मञ्चाशिन ब्यक्तित्व हरुलाई संस्थाका कोषाध्क्ष्य चिरन्जिवी शर्माले खादा ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा सभापतिको आसन ग्रहण गर्दै संस्थाका अध्यक्ष दिपक शर्माले गाँउबाट बाहिर (देश भित्र वा बिदेश) बसेका ब्यक्तिहरुको सल्लाह र सुझावलाई समेत सुनेर नवनिर्वाचित पदाधिकारीहरुले दिर्घकालिन बिकाशका कार्यक्रमहरु सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
आफुहरु नियमित रुपमा गाँउमा बस्न नपाएपनि गाँउको सर्वाड्गिण बिकाशमा सबैको चासो रहेकोले त्यसलाई वेवास्ता गर्न नहुने उहाँको तर्क थियो । कार्यक्रममा भारतको राजधानी दिल्ली स्थित गुल्मी-भुर्तुङ्ग सम्पर्क समिति (भारत)का उपाध्क्ष्य मोहन पौडेलले आफुहरु प्रवासमा रहेर पनि आफ्नो जन्मभुमी प्रति सदैव जवाफदेह भएको बताउदै नव निर्वाचित पदाधिकारीहरुलाई गाँउको मुल समस्यालाई पहिल्यायर काम गर्न अनुरोध गर्नुभयो ।
नयाँ दिल्लीमा भुर्तुङ्गेलीहरुले एकताको उच्च परिचय दिएकोले नै भुकम्पको बेला राहत र जेहेन्दार बिधार्थीलाई छात्रबृति दिन सम्भव भएको बताउदै आगामी दिनमा पनि अन्य रचनात्मक कार्यक्रमहरु ल्याउन सकिने बताउनुभयो । उहाँले समिति अध्यक्ष टिका बहादुर कार्की र महासचिव तथा मिडियाकर्मी देबेन्द्र केसी लगाएतले प्रवासी भुर्तुङ्गेलीहरुको हकहित र जन्मभुमीको उत्थानको लागि चाल्दै आएको कदमको पनि चर्चा गर्नुभयो ।
कार्यक्रममा समाजसेवी तथा समितिका संस्थापक रेशम शाहको हालैमा भएको असामयिक निधनप्रति गहिरो समबेदना प्रकट गरिएको थियो । कार्यक्रममा कालीगण्डकी गाँउपालिका का अध्यक्ष बेद बहादुर थापा, वडा अध्यक्ष लोक प्रताप शाह, दुर्गा भवन उमाविका प्राचार्य पुन्य प्रसाद गौतम, शिक्षक शुभाष चन्द्र गौतम, सम्पर्क समाजका पुर्व सचिव आनन्द गौतम, कालीगण्डकी-काठमाण्डौ सम्पर्क समाजका अध्यक्ष बुद्धिराज ढकाल लगाएतले मन्तव्य राख्दै समिति र समाजले गरेको सेवामुलक कार्यबाट सिड्गो भुर्तुङ्ग नै गौरवाम्वित भएको बताएका थिए ।

कार्यक्रममा मावि द्धितिय श्रेणीमा पदोन्नति हुनुभएका पुर्व प्रअ शुभाष चन्द्र गौतम , निमावि द्धितिय श्रेणीमा पदोन्नति हुनुभएका चुरामणी आचार्य तथा प्रावि द्धितिय श्रेणीमा पदोन्नति हुनुभएका डिल बहादुर शाह, तेजेन्द्र क्षेत्री तथा मुकेश भट्टराईलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

साथै दुर्गा भवन उमावि बाट एसईई परिक्षा २०७३ मा सर्वोत्कृष्ट अंड्क ल्याउन सफल छात्र सन्जोग शर्मा र छात्रा सनम शाहलाई प्रसंसापत्र प्रदान गरिएको उक्त कार्यक्रममा नवनिर्वाचित गाँउपालिका तथा सात नं वडा भुर्तुङ्गका पदाधिकारीहरुलाई खादा कथा टिका लगाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend