logo
  • शुक्रबार, असोज ९ २०८३

माओवादी केन्द्र गुल्मीले छान्यो उमेदवारहरु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी असोज २४।
संघिय र प्रदेश सभा निर्वाचनका लागि माओवादी केन्द्र गुल्मीको उमेदरवार छनौट प्रकृया टुङ्गिएको छ । आईतवार साँझ सो पार्टीको ५ नम्वर प्रदेश कार्यालयले सवै तहका उमेदवारको छनौट टुङ्गाएर गुल्मी जिल्ला पार्टी कार्यालयलाई पठाएको जिल्ला संयोजक विरबहादुर कार्की (चाहल)ले जानकारी दिए ।

प्रदेशबाट प्राप्त पत्र अनुसार प्रतिनिधी सभा सदस्यका लागि प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य बुद्धिबहादुर जिसी उमेदवार छनौट भएका छन् । संघकै समानुपातिक उमेदवारमा वहालवाला सांसद सिर्जना तरामु र जिल्ला संयोजक विरबहादुर कार्की छनौट भएका छन् ।

गुल्मी क्षेत्र नम्वर १ को ‘क’ नम्वर प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फ पुर्व सांसद तथा सो पार्टीका पोलिटव्युरो सदस्य सुदर्शन वरालले उमेदवारी पाएका छन् । त्यस प्रदेशको समानुपातिक सदस्य उमेदवारहरुमा चित्रबहादुर केसी, सुमित्रा क्षेत्री, तेजेन्द्र सलामी मगर र दुर्गाप्रसाद ढकाल परेका छन् ।

१ नम्वर क्षेत्रको प्रदेश ‘ख’ को प्रत्यक्ष तर्फ क्रमश लोकनाथ पाण्डे र रामचन्द्र कँडेल प्रदेश सभा सदस्यको उमेदवारमा परेका छन् । त्यस प्रदेशको समानुपातिक सभासद उमेदवारमा क्रमशः गीता थापा , शेरबहादुर सर्तुङ्गे , मनिराम ज्ञवाली र सुनिता ठडराई परेका छन् ।

यता क्षेत्र नम्वर २ को ‘क’ नम्वर प्रदेशको प्रत्यक्ष तर्फ खुमबहादुर थापा र भुवन केसीले प्रदेश सभासदको उमेदवारी पाएका छन् । त्यस प्रदेशको समानुपातिक सभासद उमेदवारमा क्रमशः राधिका खरेल, भुवन सुनार, धर्म बिक र तिलक महत परेका छन् ।

क्षेत्र नम्वर २ कै ख नम्वर प्रदेश सभसाद उमेदवारको टिकट सो पार्टीका जिल्ला ईञ्चार्ज तथा पोलिटव्युरो सदस्य दिनेश पन्थी र केन्द्रिय सदस्य रिज्जु श्रेष्ठले पाएका छन् । त्यस प्रदेशको समानुपातिक सदस्यको उमेदवार क्रमशः निमबहादुर पाण्डे। उषा बुढा मगर, विनिता पोखरेल र सुर्य बुढा मगरले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend