logo
  • आइतबार, असोज ११ २०८३

सामुहिक बलात्कार गर्ने पाँच युवा पक्राउ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी असोज २०।
मानसिक सन्तुलन गुमाएकी एक युवतीलाई सामुहिक बलात्कार गर्ने पाँच युवा पक्राउ परेका छन् । मुसिकोट नगरपालिका १ थामडाँडामा ३५ बर्षिया युवतीलाई उनीहरुले असोज १५ गते साँझ ७ बजे बलात्कार गरेका थिए ।

स्थानीय कोटमा मेला हेर्न गएका ती युवाहरुले सोहि स्थानकै कोदाको बारीमा युवतीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक सत्यनारायण यादवले बताए ।

बलात्कार गरेको आरोपमा प्रहरीले मुसिकोट १ ढाँणका १८ बर्षिय बुद्द नेपाली, सोहि ठाउँका १६ बर्षिय रेशम नेपाली, अर्का १६ बर्षिय सुरेश नेपाली, १८ बर्षिय हरि खत्री र २४ बर्षिय धुव्र्र थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले बताए ।

प्रहरीले उनीहरु बिरुद्ध जवरजस्ती करणी मुद्धा दर्ता गरेको छ । शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान प्रकृया अगाडी बढाएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend