साझा नेटवर्क
हुमाकान्त पोखरेल,गुल्मी असोज १२।
नेपाली चलचित्रका महनायक राजेश हमाल आज गुल्मी आउदैछन् । गुल्मीको धुर्कोट गाउँपालिका वार्ड नम्बर ४ जैसिथोकमा चलिरहेको प्रथम धुर्कोट महेत्सवमा मुख्य आकर्षणका रुपम हमाल गुल्मी आउन लागेका हुन्।
धुर्कोट गाउँपालिकामा १० गदेदेखि सुरु भएको बडादसैँ महोत्से महोत्सवको गाउँपालिका प्रमुख भुपाल पोखरेलले उद्घाटन गरेका थिए ।‘ धुर्कोटको शौन्दर्य हाम्रो शान, पर्यटन विकास हाम्रो अभियान ’भन्ने मुलनाराका साथ सुरु भएको महोत्सवले धुर्कोटबासिबिच एकता तथा आपसि सद्भाव कायम गर्ने लक्ष्य लिइएको कार्यक्रम निर्देकश मदन खनालले जानकारी दिए ।
आज नेपाली चलचित्रका महानायकका साथै लोक तथा दोहोरी गायक लक्षमण खड्का, सपना गाह,सम्झना लामिछने मगर,एसियाकै सबैभन्द होची महिला मन्जु घिमिरे, रामजि खाँड, पोखरेली धुर्मुस र माग्नेबुढा, सौगात सायर लगायतका कलाकारहरुको बेजोड प्रस्तुत रहने आयोजकले बताएको छ ।
महोत्सव स्स्थलमा विभिन्न प्रकारका पिङ, वालउद्यान , व्यपारिक स्टलहरु राखिएको छ । महोत्सवको आर्कणका रुपमा पाकिस्तानबाट मगाईएको उटँ प्रर्दर्शनी स्थलमा राखिएको छ । धुर्कोट क्षेत्रका विशेष महत्व बोकेका स्थलहरु धुर्कोट कोट, विचित्र गुफा, कुमारीदेवी मन्दिर जस्ता धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसारका साथै समग्र धुर्कोटको विकासमा सहयोग गर्ने उदेश्यले मेलाको आयोजना गरिएको मेला निर्देशक खनालले बताए ।
गाविस पछि गाउँपालिका भएको गुल्मीमा महोत्सव गर्ने धुर्कोट गाउँपालिका पहिलो बनेको छ। देविस्थान युवा क्लव जैसीथोक र ह्याप्पी ईन्टरटेन्टमेण्ट काठमाण्डौले आयोजना महोत्सव सम्पन्न हुन लागेको हो । महोत्सवको आज अन्तिम दिन भएको र महनायक हमाल आउने भएकोले पनि आयोजकले उपस्थितिका लागि सबैलाई आग्रह गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend