साझा नेटवर्क
बाबुराम थापा, गुल्मी ।
दशै तिहार नजिकिदै गर्दा दशैं तिहार सम्बन्धी गितहरुले सम्पुर्ण नेपालीलाई समेट्ने गरि यथार्थ कथामा आधारित गितहरुका सब्दले धेरैलाई भावुक बनाएका हुन्छन ।
सुभारम्भ म्यूजिक प्रालिको प्रस्तुतिमा इश्वर पौडेल र रुपा बस्नेतको सुमधुर आवाजमा मार्मिक दशैँ तिहार गीत “आउनु भन्दा चार्ड पव नआएकै जाति” बजारमा आएको छ ।नारायण बस्नेतको मनै छुने लय र इश्वर पौडेलको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय चर्चित मोडल महेन्द्र गौतम, रश्मि भट्ट, श्रीजी, यंगी र अशोकको रहेको छ ।
म्यूजिक भिडियोको निर्देशन चर्चित निर्देशक स्मृती तिमिल्सिना गुरुआमाको रहेको छ ।सुरेश श्रेष्ठको छायांकन र सुधन बस्नेतको सम्पादन रहेको उक्त भिडियो गुरुआमा फ्लिम्सले निर्माण गरेको हो । धेरै उनि गित कोर्न र संगित गर्नमा ब्यस्त हुन्छन् जापानमा बसेर पनि उनि गित संगितलाई मायाँ गर्दै आएका छन् ।
धुर्कोट गाउँ पालिका वार्ड न २ गुल्मीमा जन्मनु भएका इश्वर पौडेलले दशै तिहार लगत्तै उनको सृजनामा आधा दर्शन गितहरू आउने क्रममा छन् । दशै तिहार नजिकिदै गर्दा ईश्वर पौडेलले दशैं तिहार गित सारा नेपालिको कहानिलाई समेट्दै बजारमा ल्याएका हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend