साझा नेटवर्क
सरगम तिलक मगर ।
बिजया दशमी तथा दिपावलीको नजिकिएसँगै कलाकारहरुलाई भ्याई नभ्याई रहेको छ । यसैक्रममा बागलुङका भिम थापा मगर “पोहोर सालनी आएनौ परदेशी” नाम दशै गीत लिएर आएका छन ।
परदेशको भुमिमा रहेर पनि निरन्तर नेपाली लोक गित संगितलाई माया गर्दै आएका उनी छोटो समयमै श्रोताहरुको मन जित्न सफल छन । सम्झी रुनु पर्लाको सफलतापछि उनका जहाँ भए पनि, एकल यात्री बनेर जस्ता चर्चित गितहरु बजारमा छन ।
परदेशीहरु खाडी मुलुकबाट दशै जस्तो महान चाडमा पनि आफनो देश र मायाको साथमा नहुदा को पिडा को कथा बस्तु समेटिएको गितको म्युजिक भिडियोमा चर्चित मोडल रञ्जिता गुरुङ र बुद्धविर थापाको अभिनय रहेको छ ।
भिमश्री डिजिटल मार्फत बजारमा आएको गितमा पाल्पाली सर्जक सन्त बहादुर खाम्चा मगरको शब्द सिर्जना रहेको छ भने उनै गायका भिमको लय रहेको छ । थापाले आफनै युटुव च्यानलमार्फत गीत सार्वजनिक गरको हुन । गीतमा यम थापा मगरले एरेन्ज तथा कुमार राना मगरको मिक्सिङ रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend