logo
  • शनिबार, साउन ९ २०८३

रातो पछ्यौरीले दोश्रो पटक सर्वोत्कृष्ट एल्बमको अवार्ड जित्न सफल


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

बाबुराम सिग्देल,जेठ ३१।
लोक गायिका शकुन्तला थापा आँफु युरोपलाई कर्मथलो बनाउँदै बसेपनी उनको एल्बम रातो पछ्यौरीले भने देशमा धमाका मच्चाउँदै पटकपटक आवार्ड जित्न सफल भएको छ । गतवर्ष २०७२ उत्कृष्ट ईमेज आवार्ड हात पारिसकेकी गायिका थापाले यसपटक फेरी सोही रातो पछ्यौरी बाट अर्को सफलता प्राप्त गरेकी छन् । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिद्वारा आयोजित चौथो बायो राष्ट्रिय लोकदोहोरी आवार्ड २०७३ सर्वोत्कृष्ट एल्बममा पर्न सफल भयो ।13435945_878806445564907_1772567570_n (1)

सर्व प्रिय सर्जक एकनारायण भण्डारीको लय तथा शब्द संकलनमा गायिका थापा र लोकप्रिय गायक बद्री पंगेनीको संयुक्त आवाजमा रहेको रातो पछेउरीले यतिबेला दोश्रो पटक सर्वोत्कृष्ट एल्बमको आवार्ड जित्न सफल भएको छ । उक्त्त रातो पछेउरी एल्बमले गायिका शकुन्तला थापालाई मात्रै आवार्ड जिताएन सोही एल्बमको भिडियोमा छायांकन गर्ने क्यामेरामेन राजेश घिमिरेलाई समेत उत्कृष्ट छयांकनको आवार्ड जिताएको छ । यतिबेला छायांकन राजेश घिमिरे पनी निक्कै खुशी उत्साहित देखिएका छन् । त्यस्तै गायक बद्री पंगेनी र निर्देशक शंकर बि.सी ले पनी सोही गित बाट आवार्ड पाएका छन् ।

13451251_878806608898224_1417155281_n

यसरि एकै एल्बमको सम्पूर्ण टोलीहरुले पटक पटक आवार्ड प्राप्त गर्न सफल हुनुमा शकुन्तला थापाले गर्व ठानेकी छन् । हामीसँग कुरा गर्दै शकुन्तला थापाले भनिन् म आँफु बाध्यताले इटालीको कुनामा भएपनी रातो पछेउरि बाट यसरी पटकपटक आवार्ड पाउँदा धेरै खुशी छु । उनी आँफु खुशी हुनु साथै क्यामेरा मेन राजेश घिमिरेले पनी सोही एल्बम बाट राम्रो छायांकनको आवार्ड जित्न सफल भएकोमा बधाई दिएकी छन् भने भिडियो निर्देशक तथा मोडलिङ गर्ने शंकर बि.सी र पार्वती राइलाई धन्यवाद दिएकी छन् । उनका एल्बम मध्य सबैभन्दा धेरै चर्चा कमाउन र आवार्ड जित्न सफल भएको पनी रातो पछेउरीनै हो ।

13457641_878806372231581_318763625_n

लोकप्रिय एवं चर्चित गायक बद्री पंगेनीको सहकार्य तथा संयुक्त आवाजमा रहेको उक्त्त गित धेरै दर्शक श्रोताहरुले मन पराएका छन् । आँफुले गाएको दर्जनौ गित मध्य रातो पछेउरीले यसरी चर्चा कमाउँदै सफलता प्राप्त गर्नुमा लय तथा शब्द सर्जक एकनारायण भण्डारी र गायक बद्री पंगेनीको निक्कै ठुलो हात रहेको भन्दै उनीहरु दुवैजना प्रती आभार प्रकट गर्दै धन्यवाद समेत दिएकी छन् । आगामी दिनमा अझै समय सान्धर्विक मौलिकता अनुसारको लोकदोहोरी एल्बम बद्री पंगेनी सँगै सहकार्य गर्दै दर्शक श्रोतामाँझ ल्याउने गायिका थापाले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend