साझा नेटवर्क
प्रेम सुनार, गुल्मी जेष्ठ ३१ ।
देशका ६० वटा भन्दा बढि जिल्लामा जागरण अभियान सञ्चालन गरी सकेको शान्ति समाज नेपालको टोली भोली जागरण सभाका लागि गुल्मी जादै छ ।

नेपाल विद्यार्थी संघ गुल्मीका अध्यक्ष सुदर्शन खनालका अनुसार भोली दिनको २ वजे देखि सदरमुकाम तम्घासको लाँकुरी मञ्चमा सुरु हुने जागरण सभाका प्रमुख वक्ता शान्ति समाज नेपालका संस्थापक अध्यक्ष एवं मानव अधिकारकर्मी कृष्ण पाहडी हुनेछन् । उनिहरु पोखरा , स्याङ्गजा र पाल्पामा जागरण सभा गर्दै भोली गुल्मी आई पुग्ने खनालले जानकारी दिए ।
लाँकुरी मञ्चमा हुने खुल्ला जागरण सभामा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल सहितका सरकारी कार्यालयका प्रमुख, राजनैतिक दलका नेता, संघ संस्थाका प्रतिनिधी सहभागि हुनेछन् । आयोजक संस्था शान्ति समाज नेपालले गुल्मीका सर्वसाधरणहरुलाई समेत व्यापक रुपमा सहभागी भई दिन अपिल गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend