logo
  • शनिबार, साउन ९ २०८३

अनेरास्वावियु गुल्मीको २३ औ जिल्ला सम्मेलन स्थगित


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

टोपलाल अर्याल,गुल्मी असोज २।
अनेरास्वावियु गुल्मीको २३ औ जिल्ला सम्मेलन स्थगित भएको छ । संगठनले यहि असोज ४ र ५ गते सदरमुकाम तम्घासमा सम्मेलन गर्ने निर्णय गरेको थियो । जसका लागि संगठन बिस्तार लगायतको काम व्यापक भएको थियो । तर पार्टीबाट समेत सम्मेलन स्थगित गरी प्रदेश र संसदीय निर्वाचनमा जुट्न निर्देशन भएपछि सम्मेलन स्थगित गर्नुपर्ने अवस्था आएको अनेरास्वावियु गुल्मीका जिल्ला संयोजक राजेन्द्र बिक्रम कुवंरले बताए ।

संयोजक कुवंर द्धारा जारी प्रेस बिज्ञप्तीमा बैठक बसेर अर्को मिति तय नगरेसम्मको लागि सम्मेलन स्थगित भएको जनाइएको छ । सम्मेलनको तयारीमा खट्ने सवैलाई सहानुभुति प्रकट गर्दै आसन्न दुवै चुनावमा उच्च मनोबल र उत्साहका साथ लाग्न बिज्ञप्ती मार्फत सवैलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend