logo
  • शनिबार, साउन ९ २०८३

पुर्व विद्यार्थीद्धारा गुरुहरुको सम्मान


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

साझा नेटवर्क,गुल्मी असोज २ ।
प्रेम सुनार प्रेस संयोजक, धुर्कोट गाउँपालिका । गुल्मीको एक विद्यालयका पुर्व विद्यार्थीहरुले आज एक समारोहका विच आफुहरुलाई अध्यापन गराएका गुरुहरुको सम्मान गरेका छन् ।

गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर ४ ,जैसीथोकमा रहेका विद्यालयहरुमा २० वर्ष भन्दा बढि सेवा गरेका शिक्षकहरुलाई गुल्मी जैसीथोक रुपन्देही सम्पर्क समाज मार्फत त्यहाँका पुर्व विद्यालयहरुले सम्मान गरेका हुन् ।

गुरुहरुको सम्मान गर्नुका साथै जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान र कोष स्थापना समेत गरिएको छ। पञ्चायन माध्यामिक विद्यालयको ५९ औं वर्षिकोत्सवमका अवसरमा समाजले यस्तो काय गरेको हो । सम्मानित हुने शिक्षकहरुमा पञ्चायन माविका मेघराज खनाल, ईस्वरीप्रसाद खनाल, हिमबहादुर पाण्डे, लक्ष्मण पोखरेल, कृष्णप्रसाद पोखरेल , कृष्णप्रसाद पोखरेल, टेकबहादुर श्रेष्ठ , रामप्रसाद खनाल , रुद्रमणी पोखरेल रहेका छन् ।

त्यस्तै कृष्णप्रसाद पन्थी , भोजेन्द्र थापा मगर , रुमाकान्त पोखरेल ,उमाकान्त पोखरेल , हुमाकान्त पोखरेल पनि सम्मानित भएका छन् । समाजले जैसीथोककै देविस्थान प्राविका यनकान्त खनाल,फुलवारी प्रा.विका हुमाकान्त पोखरेल , भगवती प्राविका वालकृष्ण भण्डारी , चेतनारायण मरासीनी र कार्यालय सहायक परास्वर पोखरेल समेतलाई सम्मान गरेको छ ।

त्यस्तै समाजले पञ्चायन मावि कक्षा १० की छात्रा शुस्मा पोखरेल निशान पोखरेल , कक्षा १२ की सृजना बिक र कक्षा ११ का कृष्ण पोखरेललाई छात्रवृत्ति नगद सहित शैक्षिक सामाग्री प्रदान गरेको छ । जैसीथोक घर भई रुपन्देहीमा वसोवास गर्नेहरु त्यहाँ संगठित भई पुर्व शिक्षकहरुलाई सम्मान र गरिव जेहेन्दार विद्यार्थीहरुको शैक्षिक विकासमा टेवा पुराएका हुन् ।

आजै पञ्चायन माविमा समाजले एक लाख धनाराशीको अक्षय कोष स्थापना गरी दिएको छ । समाजका आजिवन सदस्य प्रेमनारायण पोखरेलले २८ वर्षको कलिलो उमेरमा निधन भएकी छोरी पार्वतादेवि पोखरेलको स्मृतिमा ५० हजार धनराशीको अक्षयकोष स्थापना गरी दिएका छन् ।

त्यस्तै समाजका अध्यक्ष सुनिल पोखरेलले स्वर्गिय पिता दिलिपचन्द्र पोखरेल ( खनाल ) को स्मृतिमा ५० हजार धनराशीको अक्षयकोष स्थापना गरी दिएका छन् । समाजले पुर्व सांसद तथा समाजका सल्लाहका टंक पोखरेल र अर्का सल्लाहकार कृष्णप्रसाद थापालाई पनि अभिनन्दन गरेको छ ।

कार्यक्रममा समाजका उपाध्यक्ष राजेन्द्र कुँवर, प्रकाश खनाल , कोषाध्यक्ष तथा त्यस कार्यक्रमका संयोजक नारायण पोखरेल ,आजिवन सदस्यहरु प्रेमनारायण पोखरेल र सुनिल पोखरेलले मन्तव्य राख्दै आफुहरु जहाँ वसे पनि आफु जन्मेको ठाउँ जैसीथोकलाई जन्मभुमि प्रतिको कर्तव्यवोध गर्दै यस्तो कार्य गरिएको बताएका थिए ।

वसाई सराईको बद्धिदरको एउटा सानो उदाहरणका लागि जिज्ञाषा राख्दा एउटै गाउँ जैसीथोकबाट रुपन्देहीमा २ सय ५० जना समाजमै आवद्ध भएको सचिव प्रकाश पोखरेलले बताए । समाजका अध्यक्ष सुनिल पोखरेलले कर्मभुृमि बनाउन रुपन्देही पुगे पनि गुरुहरुको सद्भाव , माया र योगदानलाई कहिल्लै भुल्न नसक्ने भएकोले उहाँहरुको सम्झना स्वरुप सम्मान कार्यक्रम राखेको बताए ।

उनले वाल्यपनलाई स्मरण गर्दै भने म आर्थिक अभावका कारण यसै विद्यालयमा एउटा कापीमा ३ वटा विषय लेख्ने गर्दथे, त्यसैले गरिव जेहेन्दार विद्यार्थीहरुको शैक्षिक विकासमा कोष स्थापना गर्ने सोचिएको हो । समाजका अध्यक्ष सुनिल पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका संयोजक नारायण पोखरेलको स्वागत मन्तव्य र सचिव प्रकाश खनालको सञ्चालन रहेको थियो ।

दुई वर्ष भित्र खरको छाना रहित घर निर्माण गर्ने चुनावी घोषण पत्रलाई सकार पार्न यस आर्थिक वर्ष १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको गाउँ पालिका उपप्रमुख शिवबहादुर खत्रीले जानकारी दिए । धुर्कोट गाउँपालिका भित्र करिव ५ सय घरधुरी खरका छाना रहेको छन् ।

ति मध्ये अधिकांस दलित र जनजाती समुदायका रहेका छन् । साविकका वाग्ला अहिलेको वडा नम्वर ६ का दलित वस्तीले अव छि टै मुहार फेर्ने वडाध्यक्ष भिमप्रसाद पन्थी बताउँ छन् । धुर्कोट रजस्थलको दलित वस्तीमा पनि उस्तै अवस्था रहेको र त्यहाँ दलितहरु गाृउँपालिकाको यो अभियानले हर्षित बनेको वडाध्यक्ष कृष्णबहादुर नेपालीले बताए ।

धुर्कोटको ईतिहाँसमा दलित समुदायबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधी हुने नेपाली पहिलो ब्यक्ति हुन् । धुर्कोट वडा नम्वर २ साविकको पिपलधारामा भने दलित समुदाय भन्दा बढि जनजाती विपन्न रहेको र पछाडी परेका सवै जातजातीको उत्थानका लागि विभिन्न कार्यक्रमहरु वडामा पारिएको वडाध्यक्ष नविन जिसीले बताए ।

वडा नम्वर १ कमल थापाले पनि एक करोडकै हाराहारीमा यस वर्ष रकम विनियोजन भएको र यहि क्रमले निरन्तरता पाए आगमी ५ वर्ष भित्रमा विकासले ठुलो फड्को मार्ने बताए । वडा नम्वर ३ हाडहाडेका वडाध्यक्ष विष्णुबहादुर श्रीस्ले बताए ।

वडा नम्वर ५ वस्तुका अध्यक्ष ढुण्डीराज भण्डारीले विभिन्न विकास निर्माणको गतिविधीका विषयमा आज उपभोक्ताहरुको भेला आयोजना गरिएको जानकारी दिए । उनले अव वर्षऔं देखि जनताले चाहेर पनि गर्न नसकिएका विकास निर्माणहरु सुरु गर्न लागिएको बताए ।
आज देखि मदिरा बेच्न बन्देज
केहि दिन अघि मदिरा नियन्त्रणका लागि निश्चित मादण्डको निर्णय गरेको धुर्कोटगाउँपालिमा आज देखि तोकेको समय वाहेक अन्य समयमा मदिरा बेच्न बन्देज गरिएको छ । गर्मीयाममा साँझ ६ देखि ८ वजे सम्म मात्रै मदिरा बेच्न पाईने र जाडोयाममा साँझ ५ देखि ७ वजे वेच्न पाईने छ । अन्य समयमा बेचेको पाईएमा जरीवाना संगै त्यस्ता पसल समेत बन्दा गरिने कडा निर्णय भएको त्यस गाउँपालिकाकी प्रवत्ता कविता बिकले जानकारी दिईन् ।

वडा नम्वर ४ जैसथोकमा मात्रै यस्तो निर्णय गरे लगत्तै मदिर बेच्ने अनुमति लिनेहरुको सख्या बढेको त्यहाँका वडा सचिव विनोदप्रसाद पोखरेलले बताए । अहिले सम्म करिव १० वडा पसलहरुले लाईसेन्स लिई सकेको बताउँदै पोखरेलले यसबाट राजश्वमा समेत बृद्धि हुने र विकृति विसंगतिमा समेत कमी आउने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend