logo
  • शनिबार, साउन ९ २०८३

गुल्मी प्रहरीले गर्यो छत्रकोटमा नागरिक सुनुवाई


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

अनिल खत्री, गुल्मी असोज १ ।
जिल्ला प्रहरी कार्यालय गुल्मी को आयोजनामा जिल्ला छत्रकोट गाउँपालिकामा नागरिक सुनुवाई सम्पन्न गरेको छ । प्रहरीले सेवा प्रहावको शिलसिलामा भए गरेका सुधार तथा गुनासाहरुको बारेमा जनतासँग सुझाव सल्लाह लिने उदेश्यले उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा त्रैमासिक प्रहरी गतिविधिहरुको बारेमा प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले राखेका थिए । नागरिक सुनुवाईमा स्थानियले प्रभावकारिता, पार्दशीता तथा जवाफदेहीता सम्बन्धमा सुझाव तथा गुनासाहरु राखेका थिए ।
नागरिकबाट उठेका सुझाव सल्लाह तथा गुनासाहरुको बारेमा प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले सम्बोधन गरेका थिए । प्रहरी उपरिक्षक द्धिबेदीले प्रहरी जनताको साथी भएकोले मित्रबत व्यबहारका साथ रचनात्मक कार्यहरुमा सहयोग गर्न आग्रह गरेका थिए ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानियको उल्लेख्य सहभागिता रहेको थियो । छत्रकोट गाउँपालिका का प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत स्थानियको उत्साहापूर्ण उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend