logo
  • शनिबार, साउन ९ २०८३

बडिगाड गाउँपालिकामा महिला समन्वय समितिकाे नेतृत्व चयन


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

बिमल खड्का, बाग्लुङ भदौ ३१ ।
बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठेमा वडा स्तरीय महिला समन्वय समितिकाे अाज नयाँ नेतृत्व चयन गरिएको छ ।

अाज भएकाे कार्यक्रममा सुमित्रा घिमिरे खत्रीको अध्यक्षतामा १५ सदस्य महिला समन्वय समिति गठन गरिएको छ ।जसकाे उपाध्यक्ष भिमकुमारि केसी काेषाध्क्षय कमला दर्जि सचिव बर्सना पुन र सहसचिवमा तुलसी बिक लगाएत अन्य सदस्य चयन गरिएको छ ।

गाउँपालिकाबाट लक्षित बर्गलाई छुटिएकाे रकमकाे बिभिन्न याेजना बनाई ति याेजनाहरुलाई कार्यान्वन गर्ने तथा कसरी महिलाहरूलाई सक्षम गराउन सकिन्छ भन्ने खालकाे चेतना मुलक कार्यक्रम गरिने सचिव पुनले बताउनुभयो ।

अाजै नबनिर्वाचित पदातिकारिहरुलाई वडा अध्यक्ष कृष्ण गुरुङले शुभकामना दिदै वडाका सबैलाई समेटि वडामा जनचेतना मुलक कार्यत्रम ल्याउन निर्देशन दिनुभएको छ ।

कार्यक्रममा सविक भिमगिठे गाविसकी महिला समन्वय समितिकी अध्यक्ष अनिता रायमाझीकाे अध्यक्षता वडा अध्यक्ष कृष्ण गुरुङको प्रमुख अाथित्यता सदस्य सुमित्रा घिमिरे खत्रीकाे स्वागतमन्तव्य र संचालन सदस्य बिनिता पुनले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend