साझा नेटवर्क
रवि रोषी, दोहा जेष्ठ ३१।
गत बर्ष बैशाख १२ गते र त्यसपछि गएको श्रृंखलाबद्ध महाविनाशकारी भुकम्पबाट ध्वस्त क्षेत्र गिरानचौरमा एकिकृत वस्ती निर्माणको लागि कतारमा सुन्तली धुर्मुस साँझ हुने भएको छ । सो कार्यक्रममा नेपालबाट गिरानचौर एकिकृत वस्ती निर्माणका मुख्य अभियन्ता धुर्मुस सुन्तली अर्थात् सिताराम कट्टेल र कुन्जना घिमिरे कतार आउने भएका हुन् ।

उक्त कार्यक्रमलाई अझ थप मनोरन्जनात्मक बनाउन डि आई डि फस्ट रनर अप निर्मल तामाङ, गायक लोक गायक राजु गुरुङ, लोक गायिका मुना थापामगर, भोजपुरी नायिका परिनिका शर्मा, भोजपुरी नायिका सीमा सिंह र भोजपुरी नृत्यांगना तथा नायिका रानी चटर्जी आउने पक्कापक्की भैसकेको कुरा सास क्रिएसन प्रा.लि. का कल्याण घिमिरेले बताए ।
दैवी विपत्तीमा परी घरवारविहिन भएका नेपालीजनको वस्ती पुननिर्माण कार्यमा आर्थिक सहयोग गरी सेवा दिनु नागरिकको दायित्व भएको हुँदा कतारमा रहेका संघ, संस्था, व्यवशायी, समाजसेवी तथा दानदाता सम्पुर्णलाई यस अभियानमा सरिक हुन पनि आयोजक पक्षले अनुरोध गरेको छ । टिकट दर कतारी रियाल ४०, ६० र १०० रहेको सो कार्यक्रम एसियन टाउन स्थित गा्रण्डमलको सिनेमा हलमा पनि उपलब्ध हुने कुरा घिमिरेले बताए ।
साँझ ६ बजेबाट हुने सो कार्यक्रममा मधेश पहाड सबैको प्रतिनिधित्व हुने गरी भोजपुरी, मैथिली तथा नेपाली भाषीहरुको कलाकार र कला प्रस्तुत गरिन लागेको पनि घिमिरेले बताए । टिकट तथा थप जानकारीको लागि ३३२१२१०८, ३००४४१५७ र ३३२८२०२५ मा सम्पर्क गर्न सकिने पनि आयोजक पक्षले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend