logo
  • शनिबार, साउन ९ २०८३

वर्षातले बिग्रीएका गुल्मीका सड्कहरु मर्मत भएनन्


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

अनिल खत्री, गुल्मी भदौ २८ ।
वर्षायाम सँगै अबरुद्ध बनेका गुल्मीका अधिकांश ग्रामीण भेगका कच्ची सड्कहरु बन्द छन् । वर्षात रोकिए पनि सड्कहरु मर्मत नहुँदा यात्रु तथा सवारी साधनहरु जोखिमपूर्ण यात्र गर्न बाध्य भएका छन् ।

जिल्लाको सदरमुकाम तम्घासबाट बिभिन्न ग्रामीण स्थान पुग्ने कच्ची सड्कहरु वर्षात रोकिए पनि अझै मर्मत हुन सकेका छ्रनन् । सड्क मर्मत नहँदा सदरमुकामबाट जिल्लाका अधिकांश ग्रामीण भेगमा पुग्ने सड्कहरु नियमित रुपमा सुचारु भएका छैनन् ।

सवारी साधन पुग्ने केहि स्थानहरुमा जोखिमपूर्ण अबस्थामा पुग्ने गरेकाले केहि स्थानमा भाडामा पनि वढी मुल्य तिर्नुपर्ने हुन्छ । वर्षात रोकिए सँगै चाडपर्वहरु नजिकिए पनि ग्रामीण भेगका अधिकांश सड्कहरु मर्मत गर्ने कुनै पहल देखिएको छैन् ।

जिल्लाका ग्रामीण भेगका मुख्य बजार हस्तिचौरको हर्पुकोट, ठाढुङ्गा, इस्मामैदान, अर्जै, घमिर, सिमलटारी, पुर्कोटदह, धुर्कोट, पिपलधारा, हाडहाडे, मुसिकोट मैदान, पौंदीअमराई, नेटा, दलिङ्ग लगायतका स्थानमा पुग्ने सडकहरुमा गएको जेठ अन्तिम साता सगै बससेवा बन्द भएका छन् । त्यस स्थानका सड्कहरुमा छिटफुट रुपमा जिपहरु पुग्ने गरेका छन् ।

केहि स्थानमा पुग्ने सड्कहरुमा सवारी साधन पुग्ने गरेपनि अधिकांश सड्कहरुमा जोखिमपूर्ण अबस्थामा पुग्ने गरेका छन् । चाडपर्व नजिकिन थाले सगै सवारी साधनको चाप पनि बिस्तारै वढन थालेको छ । सवारी साधनहरुमा मानिहरुको आवत जावतमा चाप वढेसँगै ग्रामीण भेगका सड्कहरु मर्मत गरिदिन यात्रु र सवारी चालहरुले आग्रह गरेका छन् ।

पश्चिम नेपाल बस व्यावसायी समिति गुल्मी र गुल्मी यातयातबाट चल्ने सवारी साधनहरु ग्रामीण भेगका केहि स्थानहरुमा पुग्ने गरे पनि धेरै जसो स्थानमा पुग्न सकेका छैनन् । सड्कहरु मर्मत गरे तुरुन्तै ति स्थानहरुमा बस सेवा सुचारु गर्न तयारी अबस्थामा रहेको पश्चिम नेपाल बस व्यावसायी समिति गुल्मीका सुरज थापाले जानकारी दिए ।

उनका अनुसार सड्क कम बिग्रेका स्थानहरुमा बस सेवा सुचारु गरेको बताए । गुल्मी यातयातबाट चल्ने सवारी साधनहरु पनि सड्क कम बिग्रेका स्थानहरु पुग्ने गरेको जनाएका छन् । जिल्ला समन्वय समितिले भदौ २७ गते मंगलवारबाटै सड्क मर्मत सुरु गर्ने गरि छलफल अगाडी वढाएको जिल्ला समन्वय समिति गुल्मीका सदस्य राममल्ल ठकुरीले जानकारी दिए ।

जिल्लामा रहेका सडकहरु निर्माणधिन अबस्थामा रहेका सड्कहरु सम्बन्धीत निर्माण व्यवसायीले गर्ने गरि सहमती भएको छ । दसैं अगावै जतिसक्दो छिटो बिग्रेका सड्कहरु मर्मत गर्ने गरि काम सुरु हुन लागेको दसस्य मल्लले जानकारी दिए ।

तम्घास सिमलटारी प्यूठान सड्कबाट निर्माणधिन सड्कहरु सम्बन्धी निर्माण व्यवसायीले मर्मत गर्ने मल्लले जानकारी दिए । समन्वय समिति गुल्मीबाट निर्माणधिन सड्कहरु एसएनआरटिपीबाट मर्मत गर्ने गरि छलफल भएको मल्लले जानकारी दिए ।

अन्य स्थानमा रहेका सड्कहरु सम्बन्धीत गाउँपालिकाहरुले मर्मत गर्ने जनाएका छन् । दसैं अगाबै असोज १ गतेबाट कतिपय गाउँपालिकाले सड्क मर्मत गर्ने जनाएका छन् । सड्क र गाउँपालिकाले पनि नहेर्ने सड्कहरुको बारेमा असोज १ गते छलफल गर्ने समन्वय समिति गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend