logo
  • शनिबार, साउन ९ २०८३

गुल्मीमा बुहारीद्धारा ससुरालाई छुरा प्रहार


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

प्रेम सुनार, गुल्मी भदौ २८ ।
गुल्मीको आँपचौरमा गएराति बुहारीले ससुरालाई छुरा प्रहार गरेर सख्त घाईते बनाएकी छन् । मुसिकोट नगरपालिका वडा नम्वर ५ आँपचौरको खर्वाङ्ग भन्ने गाउँकी ४० वर्षिया गोमा परियारले ५८ वर्षिय ससुरा तुलबहादुर परियारलाई टाउँकोमा छुरा प्रहार गरेकी हुन् ।

मजुवा ईलाका प्रहरी कार्यालयका असाई रमैया यादवका अनुसार घाईते ससुराको टाउकोमा डेढ ईन्च गईराईको चोट लागेको छ । हिजो रातीनै उनलाई मजुवाको रुद्रवती अस्पतालमा उपचार गर्न ल्याईएको थियो ।

हिजो साँझ तुलबहादुरले नतीलाई हप्काउँदै एक दुई थप्पर पनि लगाएको रिसले बुहारीले एक्कासी ससुरालाई टाउँकोमा छुरा प्रहार गरेको असई यादवले जानकारी दिए ।

अहिले विहान छलफल चलिरहेको उनले बताए । उनको छोरा युद्धविर पनि घरमै थिए । उनिहरु छुट्टिएर अलग अलग बस्दै आई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend