साझा नेटवर्क
शिवलाल सुवेदी, गुल्मी भदौ २६ ।
अनेरास्ववीयु गुल्मीको २३ औ जिल्ला सम्मेलन नजिकिदै गर्दा अध्यक्षका आकाक्षीहरु धेरै देखिएका छन । सम्मेलन आयोजक कमिटी गठन भएको लामो समयपछि हुन लागेको २३ औ सम्मेलनमा अध्यक्षका आकांक्षीहरु धेरै देखिएका हुन ।
बिभिन्न उपसमितीहरु गठन गरेर सम्मेलनको तयारी गरेको सगंठनमा सयोजक राजेन्द्र बिक्रम कुवँर, श्रीराम महत र उदय अर्यालले अध्यक्षका लागि लविङ् शुरु गरेपछि बिद्यार्थीहरुका बिच त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ ।
बिद्यार्थी राजनितीमा सक्रिय उदय अर्यालले सम्मेलनको मिती नजिकिदै गर्दा अध्यक्ष पदको उम्मेदवार घोषणा गरेपछि अनेरास्ववीयु गुल्मीको नेतृत्व कस्को पोल्टामा जाने भन्ने अन्यौलता छाएको छ ।
उम्मेदवारी घोषणा गदै बिद्यार्थी नेता अर्यालले सम्मेलन आयोजक कमिटी सयोजक कुवँरले लामो समयसम्म सम्मेलन नगरेर आफुले नेतृत्व गरेकाले अव पुस्ता हस्तान्तरण गर्नुपर्ने बताए ।
राजेन्द्रजीले करिव ३ वर्षसम्म नेतृत्व गर्नुभयो अर्यालले भने‘ बिचमा सम्मेलन गर्ने तयारी गदै स्थगित समेत गरेकाले अव अनेरास्ववीयुको नेतृत्व मैले पाउनुपर्छ ।’ उहाँ राष्ट्रिय युवा परिषद गुल्मीको अध्यक्ष जस्तो गरिमामय पदमा रहेकाले पनि कुवँरले बिद्यार्थीको नेतृत्व सहजै हस्तान्तरण गर्नेमा आफु विश्वस्त रहेको उनको भनाई छ ।
साथै उनले अर्का अध्यक्षका प्रत्यासी श्रीराम महत भर्खरै सम्पन्न स्ववीयु निर्वाचनमा रेसुङ्गा बहुमुखी क्याम्पसमा सभापति निर्वाचित भएकाले उहाँले पनि दावी गर्न नहुने तर्क छ ।
नेपाली काग्रेस निकट बिद्यार्थी सघंको वाहुल्य दावी गदै आएको रेसुङ्गा बहुमुखी क्याम्पस जस्तोमा श्रीरामजीलाई सवैको प्रयासवाट सभापति बनाएका हौ अर्यालले भने‘ उहाँले एकछिन दावी गरेपनि अन्त्यमा मलाई नै सहयोग गर्नुहुनेमा म ढुक्क छु ।’ कुवँर र महतलाई जिल्लामा नभएर अव केन्द्र र प्रान्तमा अवसर दिनुपर्नेमा अर्यालको जोड छ ।
सम्मेलन आगामि असोज ४ र ५ गते नेकपा एमालेका केन्द्रिय सचिव तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गर्ने कार्यक्रम रहेको अनेरास्ववियु गुल्मीका सयोजक राजेन्द्र बिक्रम कुवँरले जानकारी दिए । यता बिद्यार्थी इन्चार्ज हिरा एसीले भने अनेरास्ववियु नेतृत्व सर्वसम्मत चयन हुने बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend