logo
  • शनिबार, असोज १० २०८३

विद्यार्थीहरु काँप्दै ढल्दै गर्न थाले पछि अग्लुङ्गवासी चकित 


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

  प्रेम सुनार,गुल्मी भदौ २७ ।
गुल्मीको अग्लुङ्ग माध्यामिक विद्यालयमा गत  १५ दिन दैखि विद्यार्थीहरु सुरुमा रुने चिच्चाउने त्यस पछि  झाँक्रिका रुपमा काँप्ने र  बेहोस भएर ढल्ने गर्न थाले पछि मदाने गाउँपालिका वडा नम्वर १, अग्लुङ्गका वासीन्दाहरु चकित पर्दै आएका छन् ।
‘एउटा अचम्मै देख्नु परेको छ ’ त्यस विद्यालयका प्रधानध्यापक भविलाल खत्रीले भने–‘ यस्तो अहिले सम्म देखेका थिएनौं । विद्यार्थीहरु विहान  साढे १० वजे देखि १ वजे सम्म रुने चिच्चाउने , काँप्ने र बेहोस भएर ढल्ने गरेका छन् ।  त्यस पछि कोही फेरी सामन्य अवस्थामा आउने कोही असमान्य हुँदा अभिभावक बोलाएर पठाउने गरिएको छ । ’
उनका अनुसार एक दिनमा १ जना छात्र र ६ जना सम्म छात्राहरु ढल्ने गरेका छन् । त्यस्तो अवस्थामा तिनै सात जना मात्रै दोहरिने गरेका छन् । अरु विद्यार्थीहरुलाई केहि हुन्न ।  त्यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर घर्तिले कारण के हो रु अनुमान नै गर्न नसकिएको बताउँछन् । त्यहाँका पुराना पिढिले भने दैविक शक्ति प्रकट भएको विश्वास ब्यक्त गर्दछन् । त्यहाँका  शिक्षक वुद्धिजिवीहरुले भने त्यस्ता कुरामा विश्वास राख्दैनन् । स्वास्थ्यकर्मी समेत रहेका व्यवस्थापन समितिका अध्यक्ष घर्तिले औषधी खुवाएर समेत ठिक नहुने र त्यो क्रम दोहरिने गरेको बताउँ छन् ।
ति सात जना विद्यार्थीहरु ७ देखि कक्षा ९ सम्मका रहेका छन र उमेर १२ देखि १८ वर्ष सम्मको रहेका छन् । बढि मात्रमा किशोरीहरुलाई किन त्यस्तो हुन्छ त रु यो पनि खोजको विषय रहेको प्रधानध्यापक खत्रीको भनाई छ । स्मरण रहोस २०७० साल तिर गुल्मीको नयाँगाउँको एक घरमा अदृश्य शक्तिले लगातार ढुङ्गा वर्साएर गाउँवासीलाई चकित पारेको थियो । तस्वीरः त्यस विद्यालय कक्षा  ८ कि  छात्रा सम्झना बिक लगायत काँप्दै गर्दा ढलेर बेहोस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend