logo
  • शुक्रबार, असोज ९ २०८३

एमाले गुल्मीमा ओली गुट गर्जियो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी भाद्र २५ ।
जिल्ला समन्वय समितिको संयोजकको विषयलाई लिएर नेकपा एमाले भित्रका एक जना ओली गुट पक्षधर नेता गर्जिएका छन् । सो पार्टीको दलित संगठन उत्पििडत.जातियमुक्ति समाजले सदरमुकाम तम्घासमा आयोजना गरेको जनप्रतिनिधी सम्मान कार्यक्रममा पार्टीका पुर्व जिल्ला अध्यक्ष तथा ५ नम्वर प्रदेश सदस्य वोमबहादुर खड्का आक्रमक ढंगले संस्थापन पक्ष संग आक्रमक भएका हुन् ।

उनले जिल्ला सवन्व्य समितिको संयोजकमा पार्टीले अघिल्लो दिन सम्म नेता खड्ग केसीलाई टुङ्घो लगाई सकेको अवस्थामा अर्को दिन एक्कासी अर्का नेता लक्ष्मण पराजुलीलाई संयोजक तोक लगाईएको विषयलाई लिएर गर्जिएका थिए । उनले भने मैले मतदान नै गरौ भनेको हुँ , खड्ग जि डराउनु भएर हो , यदि उहाँ नडराएर मतदान मै गएको भए उहाँले १३ मतले जित्नु हुन्थ्यो ।

पार्टी अध्यक्ष मधुकृष्ण पन्त समेत रहेको मञ्चमा उनि तर्फ औंला ठडाउँदै खड््काले प्रश्न गरे यसरी पनि पार्टी चल्छ ? खै अध्यक्षले राम्ररी पार्टी चलाएको ? खै कार्यालय सचिव ? कहाँ छ पार्टी भन्दै उनि चर्को स्वरमा गर्जिन थाले पछि कार्यक्रमका प्रमुख अथिती एमाले स्थायी कमिटी सदस्य छविलाल बिश्वकर्मा मौन देखिएका थिए ।

खड्काले उनै स्थायी कमिटी सदस्य मार्फत अव हुने प्रदेश सभा सदस्यमा आफु उठेरै छाड्ने त्यो कुनै पनि शक्तिले रोक्न नसक्ने भन्दै चुुनौती दिए । भने अव हामी उठ््छौ, मै उठ्छु जसलाई रोक्न न अध्यक्षले सक्न ताको दादागिरी चलेको आरोप ओली पक्षधरले लगाउँदै आएका छन् ।

केहि दि अघि एमालेको एकलौटी बनेको जिल्ला समन्वय समितिमा संस्थापन पक्षधर मानिने लक्ष्मण पराजुली संयोजक निर्वाचित भए पछि ओली पक्षधरले यसरी पहिलो पटक उक्त कार्यक्रममा आक्रोष पोखेको हो छ न त केन्द्रले नै ।

ईस्मा गाउँपालिका बाट संयोजकमा पराजुली सदस्यमा पनि राम मल्ल ठकुरी र अर्का सदस्यमा पनि दलबहादुर बिक सहित ३ जना राखेर समन्व्य समिति बनाउनमा एमालेका एक जना ठुलै नेताको दादागिरी चलेको ओली पक्षधरहरुको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend