साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी भदौ २५।
जिल्ला प्रहरी कार्यालय गुल्मीले गाँजा फडानी गर्ने अभियानलाई तिव्रता साथ अगाडी बढाएको छ। सदरमुकामकै विभिन्न स्थानमा धमाधम गाँजा फडानी भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले अभियानको शुरुवात सदरमुकामबाटै गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक गंगा थापाको नेतृत्वमा गएको प्रहरी टोलीले तेस्रो दिन रेसुङ्का नगरपालिका १० सिमीचौरको फलामेमा करिव ८ क्विन्टल गाँजा बरामद गरि नष्ट गरेको छ ।
विभिन्न व्यक्तिको बारीमा लगाइएको गाँजाका बोटहरु नष्ट गर्नुका साथै अव नरोप्न समेत निर्देशन दिएको प्रहरी नायव उपरिक्षक थापाले बताए । यस अधि सदरमुकामका बाख्रेछेडा, उदिनढुङ्गा र बसपार्क, बेदुखर्कमा पनि गाँजा फडानी भएको थियो ।
पहिलो दिन दुई, दोस्रो दिन पाँच र तेस्रो दिन आठ गरि अहिलेसम्म १५ क्विन्टल गाँजा नष्ट गरेको प्रहरीले सात क्विन्टल गाँजा नष्ट गरेको प्रहरी प्रमुख अनुराग द्धवेदीले जानकारी दिए ।
जिल्लामा लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि अभियान संचालन गरेको उनले बताए ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend