साझा नेटवर्क
काठमाडौं,भदौ २१।
अखिल नेपाल खेलकुद महासंघको प्रथम अधिवेशनले गुल्मी पिपलधाराका बद्री थापालाई प्रदेश नम्बर पाँचको संयोजकमा चयन गरेको छ । केन्द्रीय कार्य समितिको सचिव समेत रहेका उनलाई प्रदेश नम्बर पाँचको संयोजकको जिम्मेवारी दिइएको हो । प्रदेश नम्बर पाँचको इन्चार्जको जिम्मेवारी भने प्रकाश पुनले पाएका छन् ।
महासंघको पहिलो अधिवेशन शिव कोइरालालाई अध्यक्षमा चुन्दै सम्पन्न भएको थियो । नेकपा माओबादी केन्द्रको जनगर्बीय संगठन रहेको उक्त महासंघको उपाध्यक्षमा कुसुम श्रेष्ठ,प्रकाश पुन साइमन र जनक बड्तौला, लागयत १७ जना रहेका छन् ।
उपाध्यक्षमा आइटीएफ तेक्वान्दोका अन्जन धमला, करातेका साफ स्वर्णपदकधारी ध्वजमान मोक्तान,एसियाड पदक विजेता मुक्केवाज दिपक मर्हजन, करातेका इश्वर खपांगी, फुटबल रेफ्रि किरण गीरी, उसु प्रशिक्षक राजीव मर्हजन, तेक्वान्दोका राजकुमार कार्की र भलीबलका पहलसिंह घर्ती मगर चयन भएका छन् ।
त्यस्तै सम्राट कुसारी, हरि खड्का, किरण राइ,राम बहादुर साउद र उत्तम गुरुङ पनि उपाध्यक्ष भए । मार्सल आर्ट संघका अध्यक्ष काली बहादुर घर्ती मगर महासचिव भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend