साझा नेटवर्क
टोपलाल अर्याल ,गुल्मी भदौ २१ ।
इस्मा गाउँपालिका गुल्मी
५ नं. प्रदेश,नेपाल
२०७४/०५
आदरणीय गाउँसभाका सदस्यज्यूहरु,
नेपालको संविधान, २०७२ ले सुनिश्चित गरेका प्रावधानहरुलाई व्यवहारतः रुपान्तरण गर्ने क्रममा स्थानीय तहको निर्वाचन,२०७४ सम्पन्न भएको छ। संघीय शासन व्यवस्थाको मर्म अनुरुपको राजनीतिक, आर्थिक, सामाजिक तथा वित्तिय स्वायत्तता सहितको स्थानीय तहको शासन सञ्चालन गर्न यस इस्मा गाउँपालिकामा गाउँ कार्यपालिका तथा गाउँ सभाको गठन भएको छ ।
अधिकार, स्रोत साधन, बजेट, उत्तरदायित्व र जवाफदेहिता समेत स्थानीय तहमा स्थानान्तरण भर्ई अधिकारसम्पन्न बनाउने प्रयास गरिएको छ, जुन स्वागतयोग्य छ । हामीलाई यो अवस्थासम्म ल्याउने प्रमुख वैधानिक आधार नेपालको संविधान २०७२, निर्माण तथा कार्यान्वयनमा प्रत्यक्ष एवं परोक्ष ढंगले भूमिका खेल्नुहुने सबैलाई धन्यबाद दिन चाहन्छु । सार्वभौमसत्ता सम्पन्न यस गाउँपालिकाका जनताहरुबाट राज्य शक्तिको प्रयोग गर्ने वैधानिकता प्राप्त भएको यस गरिमामय सभामा गाउँपालिकाको आर्थिक वर्ष २०७४।७५ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा म निकै हर्षीत भएको छु ।
यस गाउँपालिकाको समग्र विकास र समृद्धिको लागि पहिलो बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाँउदा मलाई खुसी लागेको छ । दीगो, समन्यायिक तथा समावेशी विकास मार्फत समुन्नत, सभ्य र सुसंस्कृत र समृद्ध समाजको निर्माण गर्दै रोजगारी सृजना गर्ने, गरिवी न्युनीकरण गर्दै आर्थिक समृद्धि हासिल गर्ने यो वजेटको सोच रहेको छ ।
आदरणीय गाउँसभाका सदस्यज्यूहरु,
हामीले नेपालको संविधान, २०७२ ले लिपीवद्ध गरेका संवैधानिक व्यवस्थाहरु, स्थानीय तहको कार्य बिस्तृतिकरण, नेपालले अन्तराष्ट्रिय जगतमा गरेका अभिसन्धी र प्रतिवद्धताहरु, दीगो विकास लक्ष्य, नेपालको चौधौं योजना (२०७३÷७४—२०७५÷७६) का प्राथमिकताहरु, नेपाल सरकारको नीति तथा कार्यक्रम, इस्मा गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमलाई अंगिकार गरेका प्राथमिकताहरुलाई आधारको रुपमा लिइ आ.वा. २०७४÷७५ को बजेट तथा कार्यक्रम तयार गरेको छु ।
आदरणीय गाउँसभाका सदस्यज्यूहरु,
अव म “कृषि, पर्यटन र पूर्वाधार विकासमा सबैको एकताः सम्मुनत इस्मा गाउँपालिका हाम्रो प्रतिवद्धता” भन्ने नारालाई साकार पार्न यस गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७४÷०७५ को विषय क्षेत्रगत रुपमा वजेट तथा कार्यक्रम प्रस्तुत गर्दछु ।
आर्थिक विकास
(ख) कृषि तथा पशु
ड्ड “गाउँ गाउँमा प्राविधिक, समुहमा लगानीः घरघरमा उत्पादन, व्यक्ति व्यक्तिमा आम्दानी” लाई अभियानको रुपमा अगाडि बढाउन एक गाँउ एक व्यक्तिलाई प्राविधिक शिक्षा वा तालिम उपलव्ध गराइने छ । आधुनिक प्रविधियुक्त कृषि कार्यक्रमलाई प्रोत्साहित गरिने छ ।
ड्ड “समृद्ध इस्माको आवश्यकताः कृषि र पशुपालनमा व्यवासायिकता” भन्ने नारालाइ सार्थकता दिन पशुपालन र कृषिमा लगानी बढाउदै मासु, तरकारीमा आत्मनिर्भर हुने खालका कार्यक्रमलाई अगाडि वढाइने छ, यसका लागि ७५ लाख ४३ हजार विनियोजन गरेको छु ।
सहकारी, उद्योग तथा वाणिज्य
ड्ड गाउँपालिकामा स्थापित सहकारी संस्थाहरुलाई सवल र सक्षम बनाउँदै आम जनता समक्ष पुग्ने खालका कार्यक्रम सन्चालन गर्न प्रोत्साहित गरिनेछ, यसका लागि रु ३ लाख विनियोजन गरेको छु । गाउँ गाउँमा साना तथा मझौला उद्योग स्थापनाका लागि आवश्यक पहल र प्रोत्साहन गरिने छ । इस्मा गाउँपालिका वडा नंं ४ राङदालमा गेरु उद्योग सन्चालनका लागि सम्भाव्यता अध्ययनको कार्य अगाडी बढाइने छ, त्यसका लागि रु ३ लाख विनियोजन गरेको छु ।
पर्यटन
ड्ड आन्तरिक एवं वाह्य पर्यटक भित्रयाउन सहयोग पुग्ने खालका पर्यटकीय स्थलहरुको पहिचान, संरक्षण र विकास गरिनेछ । ऐतिहासिक, धार्मिक महत्व बोकेको इस्माकोट दरबारको उचित संरक्षण, प्रवद्र्धन र पुरातत्विक हिसावले निर्माण गर्न योजनाबद्ध तरिकाले कार्य प्रक्रिया अगााडी बढाइने छ, यसका लागि रु २५ लाख बजेट विनियोजन गरेको छु ।
सामाजिक विकास
शिक्षा
ड्ड सामुदायिक विद्यालयहरुमा मा.वि. तह सम्मको शिक्षा निःशुल्क गराउने राष्ट्रिय नीति रहेता पनि आश्यकता अनुरुप शिक्षक दरबन्दी नरहेको हुँदा निजी श्रोतबाट शिक्षक समुदायले सञ्चालन गरिरहेकाले उक्त कार्यलाई निरन्तरता दिन आवश्यक व्यवस्था मिलाएकोे छु ।
ड्ड सामुदायिक विद्यालयहरुमा अंग्रेजी शिक्षालाई सुदृढिकरण गर्दै सम्पूर्ण तहमा अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्न सकिने गरी शिक्षकहरुलाई अभिमुखीकरण र क्षमता विकास तालिम प्रदान गरिने छ । बाल विकास केन्द्रहरुलाई व्यवस्थित गर्दै नमुना वालविकास केन्द्रको रुपमा छनौट गरी बालबालिकाहरुको सर्वाङ्गिण विकास हुने गरी सिकाइ सामाग्री र वातावरणको निर्माण गरिनेछ । सामुदायिक शैक्षिक संस्थाहरुको शैक्षिक गुणस्तर सुधारका लागि वाल मैत्री कक्षा सञ्चालन, प्रविधियुक्त सिकाइ वातावरण सहितको नीतिगत, संस्थागत कार्यक्रम संचालन गरिनेछ । शिक्षकहरुको क्षमता विकास र सिकाइ सुदृढीकरणका लागि क्षमता विकास र अभिमुखीकरण गरिने छ । विद्यालयमा छात्राहरुको सुरक्षित महिनावारीका लागि स्यानिटरी प्याडको व्यवस्था गरिने छ । गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई विद्यालय र उच्च शिक्षा अध्ययनको लागि छात्रबृत्तीको व्यवस्था गरिने छ । यसका लागि सशर्त अनुदान तर्फको रु ७ करोड ८४ लाख १४ हजार र गाउँपालिकाको वित्तीय समानीकरणबाट रु ९३ लाख ९० हजार गरी जम्मा रु ८ करोड ७ ८ लाख ४ हजार विनियोजन गरेको छु ।
स्वास्थ्य तथा जनसंख्या विकास
ड्ड सुत्केरी महिलाहरुको पोषणमा सुधार गर्न दुइ पटक सम्मको लागि प्रति सुत्केरी रु १०००। का दरले सुत्केरी भत्ता उपलब्ध गराइने छ, यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु । साथै महिला र बालबालिकाहरुको पोषण र स्वास्थ्य स्थितिमा सुधारको लागि साझेदार संस्थाहरुसँग समन्वय गरी कार्यक्रमहरु सञ्चालन गरिने छ ।
ड्ड गरिब तथा विपन्न वर्गका जनतालाई आधारभुत स्वास्थ्य सेवामा पहुँच अभिबृद्धि तथा उपचारबाट बन्चित हुन नदिन स्वास्थ्य उपचार सहयोग विशेष कोष स्थापना गरिने छ, उक्त कोषमा चालु आ.व.मा रु १२ लाख छुट्याएको छु ।
ड्ड महिला तथा शिशु स्वास्थ्यमा सुधार ल्याउन, मातृ मृत्युदरमा कमी ल्याउन र जनस्वास्थ्य प्रति चेतना अभिबृद्धि गर्न भूमिका खेलिरहेका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाइ वार्षिक रुपमा एकमुष्ट रु ६ हजारका दरले रकम उपलब्ध गराइने छ, यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
ड्ड बर्थिङ सेन्टरमा कार्यरत करारका अ.न.मी.हरुलाई प्रोत्साहन गरिने छ ।
ड्ड स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधीको अभाव हुन नदिन गाउँपालिकाको तर्फबाट रु १५ लाख रुपैया विनियोजन गरेको छु ।
ड्ड मेडिकल कलेज, विभिन्न परोपकारी संस्थाहरुसँग समन्वय गरी वर्षमा ४ पटक विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविरहरु सञ्चालन गरिने छ, यसका लागि रु ८ लाख बजेट विनियोजन गरेको छु ।
ड्ड इस्मा स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा ल्याइने छ साथै विशेषज्ञ डाक्टरहरुसँग परामर्श गर्न टेलिमेडिसिन सेवाको सुरुवात गरिने छ, यसका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
ड्ड आयुर्वेदिक स्वास्थ्य सेवामा जनताको पहुँच अभिबृद्धि गर्न निःशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रम सन्चालन गर्न रु ६ लाख विनियोजन गरेको छु ।
अतः यी कार्यक्रमहरुका लागि गाउँपालिकाको वित्तीय समानिकरणबाट रु ६३ लाख ५० हजार र शसर्त अनुदान तर्फको रु १ करोड २२ लाख ३३ हजार गरी जम्मा रु १ कारोड ८५ लाख ८३ हजार विनियोजन गरेको छु ।
खानेपानी तथा सरसफाई
ड्ड प्रत्येक घरमा स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउन “एक घर एक धाराः टोलटोलमा संरक्षित मुहान र पधेरा” कार्यक्रम लागु गरिनेछ । साथै साना तथा अति आवश्यक भएको स्थानका खानेपानी योजनाहरु तथा सरसफाईका सम्बन्धी कार्यक्रम संचालन गर्नको लागि रु १ करोड ३० हजार विनियोजन गरेको छु ।
सामाजिक समावेशीकरण, संस्कृति प्रवद्र्धन र खेलकुद तथा मनोरञ्जन,
ड्ड दलित, जनजाति, महिला, वालवालिका, अपाङ्ग, जेष्ठ नागरिक, मुस्लिम तथा युवा वर्गलाई लक्षित गरी विभिन्न चेतनामूलक, सिपमूलक तथा आर्यआर्जनका कार्यक्रम संचालन गर्न र सस्कृति संरक्षण, खेलकुद तथा मनोरञ्जन प्रर्वद्धनका लागी कुल रु ३३ लाख २३ हजार ५ सय विनियोजन गरेको छु ।
भौतिक पूर्वाधार विकास
ड्ड “योजनावद्ध र बलियो पूवाधारः दिगो विकासको आधार” भन्ने नारालाई अंगिकार गर्दै आगामी ६ महिना भित्रमा इस्मा गाउँपालिकाको विकास गुरु योजना निर्माण गरी योजनाबद्ध तरिकाले इस्मा गाउँपाकिाको विकासका कार्यक्रम सञ्चालन गरिने छ, यसका लागि रु २० लाख विनियोजन गरेको छु ।
ड्ड “जनतालाई हाम्रो भरः विपन्नलाइ सुरक्षित घर” अभियानलाई साकार पार्न जनता आवास कार्यक्रम मार्फत यस आ.व.मा ४०० खरका छाना भएका घर विस्थापित गरि टिनका छाना लगाउने अभियान सन्चालन गरिने छ, यसका लागि रु १ करोड विनियोजन गरेको छु
ड्ड “इस्मा गाउँपालिकाको शानः उज्यालो गाउँपालिका हाम्रो अभियान” नारालाइ कार्यान्वयन गर्न सबै बस्ती तथा घरघरमा विद्युत सेवाको पहुँच पुर्याउन विद्युतिकरण कार्यक्रम सन्चालन गर्न रु २० लाख विनियोजन गरेको छु ।
ड्ड गाउँपालिका भित्र रहेका मोटरबाटोे निर्माण, स्तरोन्नत्ति एवं मर्मत संभार कोष समेतका लागि कूल २ करोड ७१ लाख २६ हजार ५ सय रकम विनियोजन गरेको छु । गाउँपालिका भित्रका वडा कार्यालय देखी गाउँपालिका सम्मका स्थानीय सडकहरुमा सडक हेरालु ९ीभलनतज ध्यचपभच० को व्यवस्था गरी निरन्तर सञ्चालन हुने गरी व्यवस्था मिलाईने छ, यसका लागि पर्याप्त रकम विनियोजन गरेको छु ।
ड्ड कृषि उत्पादनमा बृद्धि गर्नको लागि सिंचाई कुलो निर्माण तथा मर्मतको लागि रु ३७ लाख ३० हजार विनियोजन गरेको छु ।
ड्ड गाउँपालिका भवन निर्माण, जग्गा व्यवस्थापन, विभिन्न सरकारी तथा सामुदायिक भवन निर्माणको लागि रु २ करोड ५७ लाख विनियोजन गरेको छु ।
ड्ड गाउँपालिकाको सूचना प्रविधिको तिब्रतर विकास, जनताको सुशुचित हुने अधिकारलाई समेत ध्यान दिदै इस्मा गाउँपालिकाको लगानीमा आवश्यक कार्यविधि बनाइ एफ.एम. रेडियो सन्चालन गरिने छ , यसका लागि रु २५ लाख विनियोजन गरेको छु ।
वातावरण तथा विपद व्यवस्थापन
ड्ड वन, वातावरण र भू–संरक्षण, जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम सन्चालन गर्न रु ३२ लाख ५० हजार विनियोजन गरेको छु ।
ड्ड विपद् व्यवास्थापन सम्बन्धी नीति, कानुन र प्रतिकार्य योजना तर्जुमा गरी लागु गरिने छ, साथै विपद् व्यवास्थापन विशेष कोषको स्थापना गरिने छ, त्यसका लागि ११ लाख ५० हजार विनियोजन गरेको छु ।
ड्ड हरित र स्वच्छ गाउँपालिका निर्माण अभियान शुरु गर्नका लागि फोहोमैला व्यवस्थापनका लागि रु १ लाख विनियोजन गरेको छु ।
सस्थागत विकास तथा सेवा प्रवाह र सुशासन
ड्ड सार्वजनीक सेवा प्रवाहलाई सरल, सहज, मितव्ययी, निस्पष्क्ष, पारदर्शी, प्रतिस्पर्धी बनाई सर्वसाधारण नागरिकमा सुशासनको प्रत्याभुत गराउन सस्थागत विकास, पदाधिकारीहरु र कर्मचारीको क्षमता विकास मार्फत सेवा प्रवाहमा प्रभावकारीता ल्याउन कुल रु १ करोड १५ लाख २१ हजार विनियोजन गरेको छु ।
ड्ड वडा कार्यालयहरुमा कार्यरत अस्थायी तथा करारका सम्पूर्ण कर्मचारीहरुलाई पद र तह अनुसारको एकरुपता कायम हुने गरी तलव सुविधा उपलब्ध गराउन आवश्यक बजेट व्यवस्था गरेको छु । साथै राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधिहरुको क्षमता विकास तथा उचित प्रोत्साहनका लागी विभिन्न तालिम, गोष्ठि, अनुशिक्षण,अवलोकन भ्रमणको व्यवस्थाका लागी आवश्यक रकम विनियोजन गरेको छु ।
यसरी देहाय अनुसार क्षेत्रगत वजेट विनियोजन गरेको छु ।
ड्ड आर्थिक विकास तर्फको वजेट ः ८५ लाख ८८ हजार
ड्ड सामाजिक विकास तर्फ वजेट ः २ करोड ९१ लाख ९३ हजार ५ सय
ड्ड पूर्वाधार विकास तर्फ वजेट ः ७ करोड ९ लाख ५६ हजार ५ सय
ड्ड वातावरण तथा विपद व्यवस्थापन तर्फ वजेट ः ४५ लाख २२ हजार १ सय २०
ड्ड संस्थागत विकास तर्फ वजेट ः १ करोड १५ लाख २१ हजार ।
वजेट कार्यन्वयनमा अनुशासन, प्रभावकारीता तथा अनुगमन,मुल्याङ्कन
ड्ड वजेट तथा कार्यक्रमको कार्यन्वयनमा प्रभावकारीता ल्याउन बजेट कार्यान्वयन कार्यतालिका तथा कार्ययोजना कार्ययोजना वनाई लागु गर्ने व्यवस्था गरेको छु ।
ड्ड वजेट कार्यन्वयनमा प्रभाकारीता, वित्तीय पारदर्शिता, उत्तरदायित्व, वित्तीय अनुशासन प्रर्वद्धनका लागी लेखा परिक्षण, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण गर्नुका साथै प्रभावकारी अनुगमन, मुल्याङ्कनको व्यवस्था गरेको छु ।
राजस्व
ड्ड गाउँपालिकालाई आर्थिक रुपमा सवल र सक्षम बनाउन र जनतालाइ कर प्रति सचेत बनाउन “हामीले तिरेको कर हाम्रै विकासका लागि” भन्ने भावनाको विकास गर्दै प्रगतिशिल कर प्रणाली लागु गरिने छ । यसका टोल टोलमा करदाता शिक्षा कार्यक्रम संचालन गरिने छ ।
ड्ड करको दायरालाई फराकिलो र वैज्ञानिक बनाइएको छ । कर प्रणालीलाई व्यवस्थित वनाउन राजस्व चुहावट नियन्त्रणका लागि राजस्वलाई वैंकिङ प्रणालीमा आवद्ध गर्दै लागिने छ साथै राजस्व संकलनमा सरोकार वालाहरु संग सहकार्य गरिनेछ ।
ड्ड आ.व. २०७४/०७५ मा गाउँपालिकाको राजस्वका विभिन्न शिर्षकहरुवाट रु २३ लाख ५० हजार राजस्व संकलन हुने अनुमान गरेको छु ।
आदरणीय सभा सदस्यज्यूहरु,
प्रस्तुत गरिएका कार्यक्रमहरु कार्यान्वयन गर्न निम्नानुसारको आय अनुमान पेश गरेको छु ।
(क) आय तर्फ
गाउँपालिका
ड्ड गाउँपालिकाको आन्तरिक आम्दानी ः २३ लाख ५० हजार
ड्ड गत आर्थिक वर्षको मौज्दात ः ५९ लाख ९१ हजार
ड्ड जम्मा : ८३ लाख ४१ हजार
संघीय सरकारवाट प्राप्त
वित्तीय रसमानीकरण अनुदान ः १५ करोड २९ लाख ४० हजार
सशर्त अनुदान ः ९ करोड २७ लाख ९० हजार
सामाजिक सुरक्षा कार्यक्रम ः ४ करोड ५० लाख
पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजाः ६६ लाख ३० हजार
जम्मा २९ करोड ७३ लाख ६० हजार
कूल आय : ३० करोड ५७ लाख १ हजार
(ख) व्यय तर्फ
ड्ड चालु एवं साधारण खर्च ः १७ करोड ६९ लाख ८० हजार
ड्ड पूंजीगत एवं विकास वजेट ः १२ करोड ८७ लाख २१ हजार
आदरणीय सभाका सदस्यज्यूहरु,
यो बजेटको कार्यान्वयनबाट पूर्वाधार निर्माण, सूशासन अभिबृद्धि, रोजगारी सिर्जना र आर्थिक समृद्धि हासिल गर्दै सम्मुनत इस्मा गाउँपालिका निर्माण गर्ने दिशामा अगाडी बढ्ने छौ । साथै वजेट कार्यन्वयनमा भएका आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकासको लक्ष्य हासिल हुने जनआकांक्षा पुरा गर्ने आधारशिला तयार हुनेछ ।
अन्तमा :भैगोलिक रुपमा कम विकसित, प्राकृतिक श्रोत साधनले सम्पन्न तर सिमित आर्थिक श्रोत र साधनले एकै वर्ष नागरिकका आवश्यकता पुरा गर्न नसकिएता पनि धेरै हदसम्म सम्बोधन गर्ने प्रयास गरेका छौं । इस्मा गाउँपालिकालाई समुन्नत, समृद्ध र नमुना गाउँपालिका निर्माण गर्न सबै व्यक्ति, वर्ग, समुदाय, जनता, राजनैतिक दल, कर्मचारीहरु, सरकारी र गैरसरकारी संस्थाहरु लागायत सबै सरोकारवाला वर्गमा सहयोगको लागि हार्दिक अपिल गर्दछु ।
साथै “कृषि, पर्यटन र पूर्वाधार विकासमा सबैको एकताः सम्मुनत इस्मा गाउँपालिका हाम्रो प्रतिवद्धता” लाई साकार पार्न सबै हातेमालो गरौं ।
धन्यवाद ।।।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend