logo
  • शुक्रबार, असोज ९ २०८३

राष्ट्रिय जनमोर्चा धुल्लुबास्कोटको वडा भेला सम्पन्न, १७ सदस्यीय समिति गठन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

जीवन पौडेल, बागलुङ भदौ २१ ।
राष्ट्रिय जनर्माचा बरेङ गाउँपालीका बडा नम्वर १ धुल्लुबास्कोटको वडा भेला शुक्रबार धुल्लुबास्कोटमा सम्पन्न भएको छ। भेलाले सकस वहादुर क्षेत्रीको अध्यक्ष्तामा १७ सदस्यीय वडा समितिको गठन गरेको छ ।

जसको उपाध्यक्षमा नरसिंह पुन,सचिवमा देवी पौडेल ,सह सचिव लिला थापा, कोषाध्यक्षमा रामेश्वर आचार्य रहेका छन । त्यस्तै सदस्यहरुमा ,चित्र बहादुर केसि ,बिष्णु थापा, ओमकार पौडेल, हरि श्रीस, छत्र बहादुर थापा, शसिलाल विक,इन्द्रमणी पौडेल,गंगा क्षेत्री सुनार, सालिकराम आचार्य, खडक बहादुर परियार, प्रेमसिङ थापा रहेका र एक पद खाली राखिएको बताइएको छ ।

भेलामा प्रमुख अतिथि मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्दी्रय सचिव तथा राष्ट्रिय जनमोचाका प्रतिनिधी प्रेम पौडेलले नवनिर्वाचित समितिलाई सुभकामना तथा सफल कार्यकालको सुभकामना दिदै नमुना वडा वनाउनुपर्नेमा जोड दिनुभएको थियो । भेला सकस बहादुर क्षेत्रीको अध्यक्षता राजमो धुल्लुबास्कोटका पुर्व अध्यक्ष गुणानिधी आचार्यको स्वागत मन्तब्य र देवी पौडेलको सन्चालनमा सम्पन्न भएको हो ।

त्यहा बाट मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव तथा राष्ट्रिय जनमोचाका प्रतिनिधी प्रेम पौडेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend