logo
  • शनिबार, असोज १० २०८३

हिरक महोत्सवको तयारी सुरु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ भदौ २० ।
जनजागृति माध्यमिक विद्यालय काँडेवास बागलुङको हिरक महोत्सवको तयारी स्वरुप भेला आज सम्पन्न भएको छ। विद्यालयले आउदो माघ ८ देखि १४ गते सम्म हिरक महोत्सव गर्ने गरि तयारी सुरु गरेको हो।

आजको भेलामा गल्कोट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष डम्वर वहादुर श्रीस र मुसिकोट नगरपालिका वडा नं. ९ का नरेशराज खरेललाई सम्मान समेत गरिएको थियो।

भेला विद्यालय व्यावस्थापन समितिका अध्यक्ष वेदिलाल सापकोटाको अध्यक्षता, प्रधानाध्यापक तेजेन्द्र बहादुर वुढाथोकीको स्वागत तथा कार्यक्रमको वारेमा जानकारी र शिक्षक डिल वहादुर वुढाथोकिको संचालनमासम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend