logo
  • शनिबार, असोज १० २०८३

बडिगाड गाउ-कार्यपालिकाको नियमित वैठक सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ भदौ १७ ।
बडिगाड गाउँकार्यपालिकाको नियमित वैठक पालिका कार्यालय ग्वालीचौरमा सम्पन्न भएको छ। बैठकले प्राकृतिक विपत्ति तथा दैवि प्रकोपका घटनाहरुमा ५ हजार देखि २५ हजार सम्म अवस्थाको मुल्यांकन गरि सहयोग गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले दुर्घटनामा मृत्यू भएका हरुको परिवारलाई राहत स्वरुप प्रति व्याक्ति ५० हजार किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै अघिल्लो महिना जलजला वाट खर्वाङ झर्दै गरेको पिकअप दुर्घटनाका घाइतेहरुको उपचारको लागी ४ लाख नवढ्ने गरि घाइतेको उपचार खर्चको आधारमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

अघिल्लो बैठकवाट गरेको निर्णय अनुरुप गाउँपालिका भित्रका सुकुम्वासी, भूमिहिन, अव्यवस्थित परिवारको पहिचान गरि भाद्र मसान्त भित्र तथ्यांक र अवस्था गाउँपालिकामा पेश गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिएको छ ।

बैठकले प्रत्येक वडा हरुले रचनात्मक काम गर्नुपर्ने भन्दै वडामा भएका कामहरुको वैठकमा समिक्षा समेत गरेको छ । बैठक गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाको अध्यक्षता तथा कार्यकारी अधिकृत दुर्गा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend