logo
  • शनिबार, असोज १० २०८३

सुशासन अभियान गुल्मीको बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क, गुल्मी भदौ १५ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आबद्ध संस्था सुशासन अभियान गुल्मीद्धरा सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत रहेर आज सुशासन अभियान गुल्मी र मालपोत कार्यालय गुल्मीको संयुक्त सहभागितमा गठित विकास प्रतिबद्धतापत्र अनुगमन समितिको बैठक मालपोत अधिकृत एव्म अनुगमन समितिका संयोजक खुप बहादुर के.सी ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त बैठकमा सदाचार प्रतिबद्धता पत्रको बारेमा छलफल भै कार्यान्वयनको लागि समितिलाई थप प्रभावकारी बनाउने ,मालपोत कार्यालय गुल्मीको सार्वजनिक सेवालाई छिटो छरितो, सहज र आम नागरिकका लागि पहुँचयोग्य बनाउन जवाफदेही पन, पारदर्शिता तथा सदाचारलाई आत्मसाथ गर्दै आगामी दिनमा समेत सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गरिएको छ ।

उक्त बैठकमा समितिका संयोजक खुप बहादुर के.सी, सदस्य पूर्णलाल श्रेष्ठ, रोमनाथ भुसाल, रामचन्द« आचार्य साथै सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेय, सह–सचिव विनोद पाण्डेय तथा कार्यक्रम सहायक अञ्जना अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend