साझा नेटवर्क
साझा नेटवर्क, बुटवल भदौ १४ ।
भिडियो छायांकनको लागि अहिले नया नया स्थान खोज्दै हिड्नु सामान्य बनेको छ । एउटै स्थानलाई पटक पटक भिडियोमा देखाउनुले पनि दर्शकलाई हेर्दा वाक्क लागि सकेकोले पनि आफुले नया स्थान र पुरानै स्थानलाई पनि नया ढंगबाट दृश्यमा उतार्नको बेग्लै मज्जा आऊने निर्देशक बिष्णु भट्टराई बताउछन ।
भर्खरै मात्रै स्वाभिमान क्रियशनको बजार ब्यबस्थापनमा अनिल पहाडीको लोक आधुनिक गीत “साथि तारा जुनको” सार्वजनिक भएको छ । उक्त गीतमा बुटवलको मनमोहक स्थान फुल बारी र बुटवलको अत्यन्तै ब्यस्थ सडक राजमार्ग चौरहाको दृश्यलाई क्यामरामा कैद गरिएको देख्न सकिन्छ ।
राजु महोत्रा र गीतान्जली सुबेदीले अभिनय गरेको गीतमा संचारकर्मी अनिल पहाडी र शान्ती श्री परियारको आवाज रहेको छ । गायक तथा संगीतकार किरण बाबु पुनले शब्द संगीत दिएका छन ।
अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन , सम्पादन तथा छायांकन गरेका छन् । बिक्रम राना मगरले नृत्य निर्देशन गरेकाछन भने सगुन शर्माको श्रीन्गार भिडियोमा देख्न सकिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend