logo
  • शनिबार, असोज १० २०८३

खर्वाङमा २७ वर्ष देखि एउटै संस्थाले तिजिगित कार्यक्रम गर्दै, हजारौंको सहभागिता


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ भदौ १३ ।
नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले एमालेको विजयी सम्वृद्धिको लागी भएको वताउनु भएको छ । राष्ट्रिय जनसाँस्कृतिक महासंघ खर्वाङ, बागलुङको आयोजनामा भएको खुल्ला तिजिगित तथा नृत्य कार्यक्रमको उद्घाटन गर्दै सापकोटाले एमालेले राष्ट्रियताको पक्षमा कसैसंग सम्झौता नगर्ने वताउनु भएको छ ।

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपाध्यक्ष तथा नेकपा एमाले बागलुङका उपसचिव विष्णु भुसालले जनताले दिएको म्याण्डेडलाई पूर्णरुपमा कार्यान्वयनमा लाग्ने वताउनु भएको छ ।

प्रधानमन्त्रि देउवाले भारत भ्रमणमा संविधान संसोधनको विषय उठान गर्नु जनता प्रति वेइमानी भएको वताउँदै भूसालले राष्ट्र विखण्डन गर्ने डिजाईनको संविधान संसोधन संसदमा फेल भएको वताउनु भयो । त्यस्तै ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले जनप्रतिनिधिहरुले इमान्दारी पूर्वक जनताको काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

९ समुहको सहभागिता रहेको खुल्ला तिजिगित तथा नृत्य प्रतियोगीतामा ताराखसे युवा परिवार मुसिकोट नगरपालिका वडा नं. ८ प्रथम, बसन्त युवा परिवार गलकोट नगरपालिका वडा नं. ११ मनेवा द्धितिय, तथा भानु मावि बडिगाड गाउँपालिका ५, ग्वालीचौर तृतिय भएका छन्। त्यस्तै उत्कृष्ट नृत्यमा सोनी काउचा तथा उत्कृष्ट स्वरमा दुर्गा परियार ले पुरस्कार जितनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि इन्द्रलाल सापकोटा, जिल्ला समन्वय समिति बागलुङको उपाध्यक्षमा निर्वाचित विष्णु भुसाल, मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, ढोरपाटन नगरपालीकाका मेयर देवकुमार नेपाली, बडिगाड गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजा, गल्कोट नगरपालिका ११ रिघाका अध्यक्ष डम्वर श्रीस, संस्थाका पूर्व अध्यक्ष होमनाथ अर्याल लगाएतलाई सम्मान पत्र, दोसल्ला तथा मायाको चिनो सहितले सम्मान गरिएको थियो।

कार्यक्रम राष्ट्रिय जनसाँस्कृतिक महासंघ खर्वाङका अध्यक्ष लक्ष्मण वरालको अध्यक्षता, उपाध्यक्ष गिता पोखरेलको स्वागत मन्तव्य तथा सचिव कमल पौडेल र कोषाध्यक्ष देउमाया रानाको संचालनमा सम्पन्न भएको थियो । राष्ट्रिय जनसाँस्कृतिक महासंघले विगत २७ वर्ष देखि खर्वाङमा तिजिगित कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend