logo
  • सोमबार, असोज १२ २०८३

पहिलो पाईला नेपाल द्वारा बाँके बाढि पिडितलाई राहत बितरण गर्यो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क ,बाँके।
गत महिना अबिरल बर्षाका कारण तराईका विभिन्न जिल्लाहरुका बिभिन्न क्षेत्रहरु डुबानमा परि तराईबासिको जनजिवन अत्यन्तै कष्टकर भएको छ।

राष्ट्रको यस बिपद् घडिमा देश,बिदेशबाट पिडितको उद्धार,संरक्षण र खाद्य ब्यवस्थापनको लागी विभिन्न निकाय,संघसंस्थाहरु निरन्तर स्वंम लागि परिरहेका छन्। यस दुखको समयमा सरकारको फितलो कार्यशैलिमा मात्रै निर्भर नरहि विभिन्न संघसंस्थाहरु राहत सामग्रीहरु संकलन गरि हस्तान्तरण गर्ने गरेका छन्। गृहमन्त्रालयको एकद्वार,एक नीति प्रणालि मार्फत सरकारले उचित पिडितलाई मध्यनजर गरेर सहयोग गर्ने कुरा भएता पनि अन्ततः यस प्रणालि समय सापेक्षिक नहुदा सर्बोच्च अदालतले यस प्रणालिलाई खारेज गरिएको घोषणा गरेको छ।

सरकारको कछुवा गतिको कार्यशैलिले पिडितले सहि समयमा राहत नपाउदा विभिन्न संघसंस्थाले तत्काल पिडित पक्षलाई राहतको आह्वान गर्दै सहि ब्यवस्थापन पश्चात् हस्तान्तरण गर्दै आएका छन्। यिनै कुराहरूलाई मध्यनजर गर्दै २ हप्ता देखि बाढीको चपेटामा परि घरबार विहिन भएका बाकेका बाढी पिडितहरूको घाउमा पहिलो पाईला नेपाल मलम बनेर आएको छ।

विमल घर्ति क्षेत्रीको नेतृत्वमा आएको यो समुहमा भिम घिमिरे,विजय खड्का ,सुरज गिरी अभास,मनिषा साहनी क्षेत्री,संस्कार उपाध्याय, मोनिका अधिकारी, विशाल जंग कार्की , राकेश ढकाल,आरती, विशाल तमाङ्ग, मोहन श्रेष्ठ,रोजि , अनिष बस्नेत लगायत १४ जनाको उपस्थिति माबाकेको राप्ती सोनारी गाउपालिका वडा नं ७ का बाढिपिडितहरूलाई ञपहिलो पाईला नेपालझ काठमाडौले राहत सामाग्री बितरण गरेको छ।सामाजिक क्षेत्रमा निरन्तर लागि परिरहेको संस्था पहिलो पाईला नेपालले बुधबार झगाडिया गाउँका बाढि प्रभावित १४० घरपरिवारलाई राहत सामाग्री बितरण गरेको हो।

बाढि प्रभावित क्षेत्रको प्रति घर परिवारलाई १५ केजि चामाल, दाल १ केजि, चिउरा ५ केजि, आयो नुन १ केजि, खाने तेल १ लिटर, चाउचाउ १ कार्टुन, बिस्कुट १ बन्डल ९१२ पिस०, ओछ्याउने म्याट १ थान, साबुन २ ओटा,भुजा १ केजि, त्रिपाल १ थान, झुल १ थान, कपडा ४ थान, जिवनजल ५ थान, सेनेटरी प्याड ३ थान, बाल्टिन १ थान, जग १ थान र अन्य अौषधि पनि राहत स्वरुप पिडितको हातहातमा बितरण गरिएको पहिलो पाईला नेपालका संस्थापक बिजय खड्काले बताउनु भएको छ, साथै २ बर्ष बितिसक्दा पनि सरकारी तहबाट भुकम्प पिडितको नाममा संकलन भएका राहत सामाग्री अझै पनि पिडित पक्षले प्राप्त गर्न नसकेको कुरालाई खण्डन गर्दै नेपालिको पीडा, नेपालिकै मलमझ, जनताको बिपद्, जनताबाटै राहत भन्ने मनशायको साथ सरकारी पक्षलाई नसुम्पिकन, पहिलो पाईला नेपाल आफै राहत सामाग्री बितरणका लागि लागीपरेको खड्काले बताउनु भयो।

यस अभियानमा विभिन्न सहयोगी दाताहरु,देश तथा विदेशहरुबाट पहिलो पाईला नेपाल सिन्धुलि, पहिलो पाईला अमेरीका, पहिलो पाईला कतार लगायत अष्ट्रेलिया, कोरीया र जर्मनी बाट पनि सहयोग प्राप्त भएको जानकारी प्राप्त भएको छ।पहिलो पाईला नेपालको आयोजना र Student Room Reoladed, channel IMG सहकार्यमा ६० घरदुरीलाई २ महिनासम्म खान, बस्न र लगाउन पुग्ने गरि करिब ६ लाख बराबरको राहत सामाग्री बितरण गरिएको छ।

सरकारलाई हस्तान्तरण नगरी वास्तविक पिडित छनौट गरि आयोजक आफैले पारदर्शी ढङ्गबाट पिडित परिवारको हातहातमा राहत सामाग्री हस्तान्तरण गरेका छन्। जथाभावी रुपमा बितरण गर्दा वास्तविक पिडितको हातमा राहत नपुगी सामान्य पिडितलाई दोब्बर, तेब्बर राहत पुगेको जानकारी भएको हुदा यस्तो लापरबाही हुन नदिन आयोजक स्वंम लागिपरेर हस्तान्तरण गरेका जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend