साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी ।
गाउँ सभाका आदरणीय सम्पूर्ण सदस्य ज्यूहरु,
आमान्त्रित समाजसेवी बुद्धिजिवी व्यक्तित्व, आमाबुबा,दाजुभाई,दिदिबहिनी भद्र महिला तथा सज्जनवृन्द, नेपाली जनताको संघर्षपूर्ण वलिदानको परिणामस्वरुप प्राप्त नेपालको संविधान कार्यान्वयन गर्ने क्रममा भर्खरै स्थानिय तहको निर्वाचन सम्पन्न भएको छ ।
मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ती आफ्नो अमूल्य जीवन समपर्ण गर्नुहुने सम्पूर्ण सहिदहरु प्रति यस गाउँपालिकाको तर्फवाट भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै उच्च सम्मान व्यक्त गर्दछु ।
लामो समयसम्म स्थानीय निकायमा लोकतान्त्रिक प्रक्रिया अवरुद्ध हुँदा सेवामा आधारित राजनैतिक अभ्यासको संस्कार तथा नेतृत्व विकासमा वाधा पर्न गयो । हाल जनताको व्यापक सहभागितामा सम्पन्न निर्वाचनबाट स्थानीय तहले सक्षम¸योग्य¸ र क्षमतावान नेतृत्व पाईसकेको अवस्थामा राजनैतिक नेतृत्व मार्फत राज्य व्यवस्था सञ्चालनको काम हुनेछ ।
यसका लागि निर्वाचन जस्तो महत्वपूर्ण कार्य सम्पन्न गर्न आफ्नो अमूल्य भोट दिने मतदाता, संस्थागत कार्य गर्ने कर्मचारिवर्ग, सुरक्षा व्यवस्थापन गर्ने सबै सुरक्षा निकायहरु, वास्तविक सूचनाको सञ्चार गर्ने पत्रकार ज्यूहरु तथा समन्वयात्मक सहकार्य र स्वच्छ लोकतान्त्रिक अभ्यास गर्ने सम्पूर्ण राजनैतिक दलप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।
सार्वभौम नेपाली जनताले निर्माण गरेको नेपालको सविधानले संघियता, समृद्ध समाजको आधारशिला निर्माण गर्नमा योगदान गर्नेछ । नेपालको इतिहासमै परिवर्तित पुर्नसंरचना अन्तर्गत वनेको धुर्कोट गाउँपालिकामा हुँदै गरेको गाँउसभाको यो ऐतिहासिक अवसरमा यस गाउँपालिकालाई सवल संवृद्ध र नमुना गाउँपालिका निर्माणका निम्ती प्रतिवद्धता र संकल्प सहित यो नीति तथा कार्यक्रम ल्याईएको व्यहोरा अनुरोध गर्दछु ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend