साझा नेटवर्क
अनिल खत्री,गुल्मी भदौ ४ ।
गुल्मीको तम्घास–सिमलटारी सड्क खण्ड तिन दिनलाई बन्द भएको छ। सड्क चौडा पार्ने काम गरिरहेकाले सड्क बन्द गरिएको निर्माण कम्पनीले जनाएको छ।
निर्माण कार्य भइरहेको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित छल्दी पहान पुल नजिकै ठुलो चट्टालाई चौडा पार्ने काम गर्ने भन्दै बाटो बन्द गरिएको निर्माण कम्पनीका इन्जिनियर नविन सापकोटाले जानकारी दिए।आइतवारबाट मंगलवार सम्म उक्त सड्क बन्द गरेर सड्कको चौडा पार्ने काम भइरहेको सापकोटाले बताए।
बाटो बन्द भएसगै सदरमुकामबाट पश्चितर्फ आउने जाने धेरै सड्क बन्द हुनेछन् । तिन दिनलाई बन्द सड्क भदौ ७ गतेबाट मात्र सुचारु हुने छ । सड्क बन्द भएसगै सयौ सवारी साधान तथा यात्रुहरु मारमा पर्ने छन्।सड्क बन्द भएसगै अन्य स्थानबाट बैकल्पीक बाटो प्रयोग गरेर यात्रा गर्न निर्माण कम्पनीले आग्रह गरेको छ ।
उक्त सड्कको दुइवर्ष देखि कालिका कन्टक्सनले निर्माण कार्य गर्दै आएको छ । कम्पनीले तम्घास देखि सिमलटारी सम्मको सड्क कालोपत्रे गर्न अन्तिम चरणमा पु¥याएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend