साझा नेटवर्क
अनिल खत्री ,गुल्मी भदौ ४।
गुल्मीमा झण्डै १६ हजार मतदाता थपिएका छन् । जिल्लामा निर्वाचन कार्यालय र जिल्लाका १२ वटै स्थानिय तहमा भइएको संकलनमा भदौ ३ गते सम्ममा १५ हजार ८ सय १४ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
नाम दर्ता गराउनेहरुमा ७ हजार ७ सय ६९ जना महिला र ८ हजार ४५ जना पुरुष रहेका जिल्ला निर्वाचन कार्यालय गुल्मीका अधिकृत गणेश बहादुर खत्रीले जानकारी दिए । जिल्लामा अन्य जिल्लाबाट १सय ६१ जना मतदाताले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । स्थानिय तहमा छुटेका मतदाताले आफ्नो मतअधिकार प्रयोग गर्नबाट बञ्चीत भएसगै छुटेका मतदाता संकलनमा उत्साह देखिएको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा जिल्ला निर्वाचन कार्यालय सहित १२ ठाउँबाट नाम दर्ता भएको थियो। स्थायिन तहमा र निर्वाचन कार्यालयमा निर्वाचनको मतदाता नामावली संकलन कार्य बन्द भएको अधिकृत खत्रीले जानकारी दिए । नाम दर्ता गराएका मध्ये सबै भन्दा वढी रेसुङ्गा नगरपालिकामा दर्ता गराएका छन् । नगरमा १ हजार ८ सय ८० रहेका छन् भने सबै भन्दा कम इस्मा गाउँपालिकामा दर्ता गराएका छन् ।
गाउँपालिकामा ६ सय ८४ मतददाता रहेका छन् । गुल्मीमा मतदाता नामावली संकलन कार्यलाई प्रभावकारी बनाउन र एकै ठाउँबाट दुबै सेवा प्रदान गर्ने उदेश्यले स्थानिय तहमै नागरिकता घुम्ती शिबिरको राखिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend