logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा राष्ट्रिय सूचना दिवस मनाईयो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी भदौ २ ।
गुल्मीमा १० औं राष्ट्रिय सूचना दिवसको अबसरमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नागरिकको सूचनाको अधिकार, लोकतन्त्रको आधार भन्ने नाराका साथ शुक्रवार सदरमुकाम तम्घासमा सरोकारवाला बिच अन्र्तक्रिया सम्पन्न भएको थियो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजना र राष्ट्रिय सूचना आयोगको सहयोजनामा सम्पन्न अन्र्तक्रियामा जिल्ला न्यायधिस मात्रिका मरासिनीले सूचना दिवसको अबसरमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

न्यायधिस मरासिनीले प्रस्तुत कार्यपत्रमा सुचना केहो, सुचनाका अधिकार केके हुन्छन्, सूचना कसरी लिन सकिन्छ, दिन मिल्ने सूचना, दिन नमिल्ने सूचना लगायतका बारेमा जानकारी गराएका थिए । न्यायधिस मरासिनीले प्रस्तुत कार्यपत्र माथी जिल्ला वार एसोसियसनका अध्यक्ष गोपाल खनालले टिप्प्णी गरेका थिए ।

अध्यक्ष खनालले जनतालाई सूचना लिने दिने व्यवस्था भएपनि प्रक्रिया लगायतका विषयमा जानकार नभएको बताए । उनले सबै संघ संस्थाले आफना सुचनाहरु नागरिकले चाहेको खण्डमा सहजै रुपमा जनतालाई दिने व्यवस्था मिलाउन आग्रह गरे ।

कार्यक्रममा नागरिक समाजका अध्यक्ष पदम पाण्डेयले सूचना दिने हक अधिकार कानुनमा व्यवस्था भएपनि नागरिकको निम्ती सरल नभएको बताए । उनले जनतालाई सहजै सुचना दिन कार्यालयले वार्षिक रुपमा आफ्ना गतिबिधी नागरिक माझ ल्याउने व्यवस्था मिलाउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सदस्य राममल्ल ठकुरीले सूचना दिवसको कार्यक्रम जनता माझ पुग्ने गरि कार्यक्रम राखिनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागितले सूचना हक नितिमै भएपनि सरल र सहज हुनुपर्नेमा जोड दिए ।

गुल्मीमा सूचना लिने सवाललमा कुनै पनि कमी नरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुगांनाको भनाइ थियो । जिल्लामा हाल सम्म सूचना लिन नपाएका कुनै पनि घटना अर्थात उजूरी नभएको बताए ।

उनले नागरिकले पाउनु पर्ने सूचनाको अधिकारीलाई कुण्ठीत नगरि सूचना लिने दिने व्यवस्था रहेको प्रजिअ ढुगांनाले बताए । अन्र्तक्रियामा जिल्ला स्थित बिभिन्न कायर्कालयमा प्रमुख, बिभिन्न राजनितिक दलका प्रमुख, नागरिक समाज,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend