साझा नेटवर्क
अनिल खत्री,गुल्मी भदौ १।
गुल्मीबाट झण्डै १ सय मानिस हराउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको तग तिन वर्षको तथ्याङ्ग अनुसार वर्षेनी महिला, पुरुष, वालवालिका हराउने गरेका छन् । आर्थिक वर्ष २०७१/०७२ मा ९२ महिला हराएका छन् ।
आर्थिक वर्ष २०७२/०७३ मा ६२ जना र २०७३/०७४ मा जना हराएको प्रहरीको तथ्याङ्गमा उल्लेख छ। हराएका महिलाहरु मध्ये आर्थिक वर्ष २०७१/०७२ मा ३७ जना फेला परेका छन् भने ५४ जना फेला नपरेको प्रहरीलेको तथ्याङ्गमा उल्लेख छ । आर्थिक वर्ष २०७२/०७३ मा हराएका मध्ये २५ जना फेला परेका छन् भने ३७ जना फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आर्थिक वर्ष २०७३/०७४ मा ११ जना फेला परेका छन् भने ६० जना महिला अजै फेला नपरेको प्रहरीले जनाएको छ। जिल्लामा हराउने पुरुषको संख्या पनि उत्तिकै रहेको छ ।आर्थिक वर्ष २०७१/०७२ मा १४ जना हराएका छन् । हराएका मध्ये ५ जना फेला परेका छन् भने ९ जना पुरुष अजै फेला परेका छैनन् । आर्थिक वर्ष २०७२/०७३ मा १७ जना पुरुष हराएका छन् । हराएका मध्ये ९ जना फेला परेका छन् भने ८ जना पुरुष अजै फेला नपरेको प्रहरीको तथ्याङ्गमा उल्लेख रहेको छ ।
आर्थिक वर्ष २०७३/०७४ मा १८ जना पुरुष हराएका छन् । हराएका मध्ये ७ जना फेला परेका छन् भने ११ जना पुरुष अजै फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए । जिल्लामा वर्षेनी वालवालिकाहरु पनि हराउने गरेका छन् । आर्थिक वर्ष २०७१/०७२ मा ६ जना वालक हराएका छन्। हराएका मध्ये २ जना फेला परेका छन् । हराएका मध्ये २ जना फेला परेका छन् भने ४ जना वालक अजै फेला परेका छैनन् । सोहि आर्थिक वर्षमा १९ जना वालिक हराएका छन् ।
हराएका वालिका मध्ये १५ जना फेला परेका छन् भने ४ जना अजै फेला परेका छैनन् । आर्थिक वर्ष २०७२/०७३ मा ११ जना वालक हराएका छन् । हराएका मध्ये ५ जना फेला परेका छन् भने ६ जना अजै फेला परेका छैनन् । सोहि आर्थिक वर्षमा ६ जना वालिका हराएका छन् ।हराएका मध्ये ५ जना फेला परेको र १ जना अजै फेला नपरेको प्रहरीको तथ्याङ्गमा उल्लेख रहेको छ । आर्थिक वर्ष २०७३/०७४ मा ११ जना वालक हराएका छन् । हराएका मध्ये ४ जना फेला परेका छन् भने ७ जना अजै फेला परेका छैनन् । सोहि आर्थिक वर्षमै १५ जना वालिका हराएका छन् ।
हराएका मध्ये ५ जना फेला परेका छन् भने १० जना अजै फेला नपरेको प्रहरीको तथ्याङ्गमा उल्लेख रहेको छ । हराउने मध्ये धेरै जसो २० वर्ष देखि ३५ वर्ष भित्रका रहेको प्रहरी नायव उपरिक्षक नेपालले जानकारी दिए। हराएका मध्ये धेरै जसो फेला परे पनि प्रहरीकहाँ जानकारी नगराउने गरेको नेपालले जानकारी दिए ।
हराए भन्दै प्रहरीकहाँ आउछन् प्रहरी नायव उपरिक्षक नेपालले भने ‘भेटिए केहिले खबरै गर्दैनन् ।’ भेटिए पछी खबर नगर्नाले पनि प्रहरीको हराएको तथ्याङ्गमा रहिरने गरेको नेपालको भनाइ रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend