logo
  • शनिबार, असोज १० २०८३

इस्मा रुपन्देही सम्पर्क कमिटिद्धारा खुल्ला तीजगीत प्रतियोगीता सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी साउन ३०।
नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा नेकपा एमाले इस्मा रुपन्देहि सम्पर्क कमिटिले खुल्ला तीज गीत प्रतियोगीता सम्पन्न गरेको छ । इस्मा गाउँपालिका भित्र जन्मिएर विभिन्न शिलशिलामा रुपन्देहिमा रहेका इस्मालीहरुबिच आपसी सद्भाव र मित्रता कायम गर्न प्रतियोगीताको आयोजना गरिएको कमिटीले जनाएको छ ।
बुटवल आर्दश नगरमा भएको प्रतियोगीतामा ६ समुहको सहभागीता रहेको थियो । जसमा तम्घास खानीगाउँ घर भएकी शुशिला घर्तिमगरको समुह प्रथम भएको छ । भने सुर्योदय दिदि बहिनीको द्धतिय र अनिषा खड्काको समुह तृतिय भएको सम्पर्क कमिटीका सचिव दुर्गा अर्यालले बताए ।
प्रतियोगीतामा निर्णायक मण्डल समेत रहेका लोक दोहरी गायक सपना गाहा, बिजय गैरै र स्थानीय कलाकार भरत महतले विभिन्न सांगितीक खुराक प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण बिष्ट, गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट र उपप्रमुख बिमला केशीले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
इस्मा रुपन्देहि सम्पर्क कमिटि अध्यक्ष रेशम महतको अध्यक्षता रहेको कार्यक्रममा गुल्मी रुपन्देहि सम्पर्क मञ्चकाका अध्यक्ष देबराव खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन इस्मा रुपन्देहि सम्पर्क कमिटि सचिव दुर्गा अर्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend