logo
  • शनिबार, असोज १० २०८३

शिक्षक नै अभिभावकद्धारा कुटिए


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, गुल्मी साउन ३० ।
मुसिकोट नगरपालिका वडा नं. ४ मा रहेको दिगामचौर प्राथमिक विद्यालयका शिक्षक विक्रम लिम्वुलाई सोहि विद्यालयका अभिभावकले कुटेका छन्। प्रधानाध्यापक सिता कार्किका अनुसार सोहि स्थानका राजेन्द्र राना कुमालले लिम्बुलाई कुटेका हुन् ।
पटक पटक विद्यालयमा समस्या थप्न खोज्ने अभिभावक समेत रहेका राजेन्द्रले विद्यालयमै कार्यरत शिक्षकलाई निर्घात कुटपिट गरेको कार्किले वताउनु भएको छ।

शिक्षक विक्रमले विद्यालयमा पढ्ने भान्जिलाई किन गतिलो गरि नपढाएको भन्दै कुटेको आरोप लगाउनु भएको छ। राजेन्द्र विरुद्ध प्रहरी चौकी वामीमा उजुरी गरिएको विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend