logo
  • शनिबार, असोज १० २०८३

राष्ट्रिय युवा समिति र इस्मा गाउँपालिका बिच अन्तरक्रिया


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी साउन ३० ।
राष्ट्रिय युवा समितिको कार्यालय गुल्मीले इस्मा गाउँपालिकासंग अन्तरक्रिया गरेको छ । जनप्रतिनिधिहरुलाई राष्ट्रिय युवा नीति २०७२ ले निर्दिष्ट गरेका लक्ष्यहरु हासिल गर्न सहयोग गर्ने गरि नीति कार्यक्रम तथा बजेटको व्यवस्था गर्ने प्रतिबद्धता गराउन कार्यक्रमको आयोजना गरिएको थियो ।
१८ औ अन्तराष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर आयोजना गरिएको राष्ट्रिय युवा नीति कार्यान्वयन विषयक अन्तरकृया कार्यक्रममा जनप्रतिनिधीहरुले युवा लक्षित निती तथा कार्यक्रम समेटने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय तहमा यो वर्ष नीति निर्माणमै बित्ने भएकाले आफुहरुले युवा केन्दीत कार्यक्रमलाई प्राथमिकतामा राख्ने सवै जनप्रतिनिधीहरुले बताए ।
स्थानीय तहको १ वार्डबाट २ जना युवालाई प्रतिबद्धता सहितको सिपमूलक तालिम, सकारात्मक सोच विकासको तालिम, अहिलेका युवालाई सामाजिक मूल्य र मान्यता वाहिर जान नदिन विभिन्न किसिमका परामर्शका कार्यक्रम ल्याउने गरी आफुहरु योजना निर्माणमै लागेको गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले वताउनुभयो ।
प्रतिनिधिले युवा लक्षित कार्यक्रममा आफुहरुले कुनै कन्जुसाई नगर्ने बताएका छन् । उपाध्यक्ष विमला के.सीले युवाहरु मार्फत नै समाज परिवर्तन र आफुहरुका योजना र लक्ष्य पुरा हुने भएकाले सोहि अनुरुप कदम चालिने बताउनुभयो ।

कार्यकारी अधिकृत सरोज पोख्रेलले आफु युवाका पक्षमा काम गर्न आतुर रहेकोले जनप्रतिनिधीले जनाएका प्रतिबद्धतामा छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउने वताउनुभयो । कार्यक्रममा अधिबक्ता हिरा ए.सिले युवा नीतिले गरेका नितीगत व्यवस्थावारे प्रतिनिधिहरुलाई जानकारी गराउनुभएको थियोे ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका जिल्ला युवा समितिका अध्यक्ष राजेन्द्र विक्रम कुवरले युवा परिवर्तनका संवाहक भएको बताउँदै बिदेशिन लागेका युवालाई स्वदेशमै राखेर देश परिवर्तन गर्ने जिम्मा जनप्रतिनिधिको काँधमा भएको बताउनुभयो । स्थानिय तहबाटै युवाका इच्छा र चाहानाका गर्न उनीहरुलाई उत्पादनशिल काममा लगाउन सवै प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा ६ वटै वार्डका वडा अध्यक्ष सहित गाउँकार्यपालिकाका सदस्यहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु, गाउंपालिकाका कर्मचारी लगायतको पनि सहभागिता थियो । कार्यक्रम राष्ट्रिय युवा समितिको कार्यालय गुल्मीको नायव सुब्बा सञ्जिबनी अर्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend