logo
  • शनिबार, असोज १० २०८३

बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७० पुग्यो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सन्तोष ढुंगाना, काठमाडौं साउन ३०।
शुक्रबार देखिको हाल सम्मको अविरल बर्षाका कारण भएको बाढीपहिरो र डुवानका कारण देशका बिभिन्न स्थानामा छुट्टा छुट्टै ठांउमा अहिले सम्म ७० जनाको मृत्यु भएको छ।बाढीपहिरोबाट २८ जना घाईत भएका छन् भने ५३ जना बेपत्ता भएका छन् बेपत्ता हुनेहरुको खोजी कार्य भईरहेको छ । गृह मन्त्रालयका अनुसार ३४ हजार भन्दा बढी घर डुवानमा परेको र करिब ४ सय घर क्षतिग्रस्त भएका जानकारी दिइएको छ।

मन्त्रालयका अनुसार बाढी र पहिरोमा सबैभन्दा बढी सुन्सरी जिल्लामा ८ जनाको मृत्यु भएको छ । रौतहट जिल्लामा ७ जनाको मृत्यु भएको छ।

यस्तै झापा जिल्लामा ४, मोरङमा ५, सर्लाहीमा ३, महोत्तरी १, धनुसाषामा १,सिन्धुलीमा ४, बारामा ३ र चितवनमा २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend