साझा नेटवर्क
बिमल खड्का, बागलुङ साउन २९।
अविरल वर्षाका कारण बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर नं.७ भिमगिठेमा पहिराे जादा ४२ किलाेवाटकाे भिमघाट प्रथम लगु जलबिधुतकाे पावर हाउस बगाएकाे छ।
बडिगाड गाउँपालिका वडा नम्बर ६ ठुलाचाैरबाट बगेकाे पहिराेले भिङखाेला थुनिदा पावर हाउस बगाएकाे प्रत्क्षय दर्शीले बताएका छन। अाज दिउसाे १ बजेकाे समयमा ठुलाचाैर खेतबाट गएकाे पहिराे खाेलामा थुनिदा पावर हाउस सगै खेति याेग्य जमिन नष्ट गरेकाे छ। पावर हाउस बगाए पछि करिब ६ सय घर धुरी अन्धकारमा बस्ने भएका छन।
भने उद्योग कलकारखाना समते ठप्प भएका छन ।पावर हाउस खाेलाले बगाएपछि सबै संरचना नयाँ बनाउन करिब १ कराेड लागत लाग्ने बताएकाे छ। खाेलाले सबै भन्दा महगा बिधुत उत्पादन गर्न टरवाई मिटरबाेड लगाएत सबै खाेलाले बगाएको बताएकाे छ। बिधुत निर्माण गर्ने करिब १ बर्ष समय लाग्ने बताए ।यसकाे बैकल्पिक उपाए खाेज्न उपभोक्ताले अपिल गरेका छन ।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend