साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
जाजरकोटको बिकट त्रिबेणी नलगाड नगरपालिका वडा न:१३सिउनका २१बर्षका आकाश भण्डारी बिगत ३महिना देखि आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ।
घरमा बुवा,आमा र भाइ भएका भण्डारीको परिवार ३५बर्ष भारत बसेर नेपाल फर्केका भण्डारी परिवार अहिले गाउँमा आएर बसेका छ्न।गाउँमा फर्की सके पछि गाउँमा बस्ने बास ,खाने गास नभएका आकाश भण्डारी बिगत ३ महिना देखि आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ।
केही दिन अघि मात्र भण्डारीलाई भेरी अञ्चल अस्पताल नेपालगन्ज उपचारको लागि पुर्याइएको थियो । नेपालगन्ज अस्पतालमा दिशा, पिसाब, रगत, प्रयोगशालामा परिक्षण गर्दा समेत कुनै रोग पत्ता नलागे पछि सि टि स्क्यान गराउदा फोक्सोमा मांश पलाएको र मांश क्यान्सर या त टि. बि.को कारण पलाएको भन्ने पत्ता नलागे पछि अस्पतालले भरतपुर क्यान्सर अस्पताल चितवन रिफर गरेको थियो।नेपालगन्जमा उपचार हुन नसकेका भण्डारीको साथमा अब न आर्थिक छ न त कुनै आधिकारिक प्रमाण नै।
अहिले उनीहरु संग नागरिकता प्रमाणपत्र सम्म छैन।र नागरिता सम्म नभएपछि उनिहरुलाइ पुन:जाजरकोट लिएर नागरिता प्रमाणपत्र बनाइयको र जाजरकोट बाट चितवन जान समेत आर्थिक स्थिति नभए पछी अहिले आकाश मृत्यु संग जाजरकोट मै छटपटाइ रहेका छन।र भण्डारीलाई आर्मिको हेलिकप्टर मार्फत सुर्खेत र सुर्खेत बाट नेपालगन्ज,र नेपालगन्ज औसधि उपचार खर्च ,नेपालगन्ज बाट जाजरकोट जाने ब्यबस्था जाजरकोटका पत्रकार ,सामाजिक अभियन्ता लक्ष्मण रसाइलीले गरेका छन ।त्यस्तै भेरी अञ्चल अस्पताल नेपालगन्ज मै पुगेर सहयोग र साथ सहयोग गरेका छन।
सबै मिलेर आकाशको जीवन बचाउन साथ र सहयोग गर्न सबैमा अपिल समेत गरेका छन भने त्यस्तै नेपालगन्जमा उपचार हुन नसकेका छोरा आकाशलाई उपचारको लागि चितवन लिनु पर्ने भएकाले सक्दो सहयोग गरि बचाइदिन बाबू बल बहादुर भण्डारी ले स्वदेश तथा बिदेशमा रहने सम्पुर्ण सहयोगी मनहरुलाई भण्डारीलाई बचाउन अपिल गरेका छन।
सहयोगको लागि : ९८६८२२०८७९ लक्ष्मण रसाइली।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend