साझा नेटवर्क
कपिलवस्तु, साउन २८ ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाले कपिलवस्तु साझेदारी वनको क्षेत्रमा रहेको वन क्षेत्रलाई चरिचरनका लागी भन्दै ठेक्का आव्हान गरे पछि साझेदारी र नगरपालिका बिच बिवाद श्रृजना भएको छ । स्थानिय तहमा जनप्रतिनिधी निर्वाचित भए लगत्तै साझेदारी वनको अधिकार क्षेत्र मिच्दै नगरपालिकाले टेन्डर आव्हान गरेको हो ।
साझेदारी वन क्षेत्रमा टेन्डर आव्हान गरिए पछि जिल्ला वन कार्यालयको टोली र साझेदारी वनको टोलीले शिवराज नगरपालिका ५ मधवाको वन क्षेत्र संरक्षणका लागी तारबार गरि बृक्षारोपण शुरु गरेको छ । साझेदारी वनको अगुवाईमा शुरु गरिएको बृक्षारोपण कार्यको प्रतिरोध गर्न शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी, स्थानिय अगुवा महादेब पोख्रेल, छत्र बहादुर खत्री र हरि पोख्रेल नेतृत्वको समुह पुगेको थियो ।
स्थानिय अगुवा र साझेदारी वन पदाधिकारी बिवाद भै बिवाद उत्कर्षमा पुगेको थियो । यस अघि गत श्रावण ३ गते शिवराज नगरपालिकाले मधवा क्षेत्रमा चरिचरण र वन क्षेत्रकै भितरिया तालको ठेक्काका लागी सार्वजनिक सुचना आव्हान गरेको थियो । वन क्षेत्रलाई अनियमित तरिकाले ठेक्का प्रक्रियामा लैजाने र बृक्षारोपणलाई प्रतिबाद गर्ने कार्य गलत भएको स्थानिय राम अधिन यादवले बताए ।
साझेदारी वन क्षेत्रलाई निती र नियम मिचेर ठेक्का प्रक्रियामा लग्ने कार्य र बृक्षारोपण गरि वन क्षेत्र जोगाउने अभियानलाई प्रभावित गर्ने कार्यको आफुहरुले प्रतिबाद गर्ने कपिलवस्तु साझेदारी वनका संयोजक गंगेश नाथ तिवारीले बताए । केहि समुहको मिलेमतोमा न्युन शुल्कमा ठेक्का लगाई अनियमितता गर्ने दुराशयले वन क्षेत्रलाई नगरपालिकाले ठेक्का लगाउन थालेको उनले आरोप लगाए ।
नेपाल सरकारको वन मन्त्रालयको बार्षिक कार्ययोजनाको कार्यक्रम सगै साझेदारी वनको बार्षिक योजना अनुसार सो क्षेत्रमा बृक्षारोपण गरिएको जिल्ला वन कार्यालय कपिलवस्तुका प्रमुख कृष्णदत्त भट्टले बताए । वन क्षेत्रको क्षेत्राधिकार मिचेर निती बिपरित ठेक्का आव्हान गर्ने कार्य बिरुद्ध कानुनी कारवाहीमा अगाडी बढिने उनले स्पष्ट पारे ।
सो बिषयमा प्रतिक्रिया लिदा शिवराज नगरपालिकाका कार्यकारी अधिकृत शेषकान्त पौडेलले नगरपालिकाको चौथो नगर परिषदले ठेक्का लगाउने निर्णय गरेको र सो निर्णयलाई नगर कार्यपालिकाको बैठकले समेत अनुमोदन गरेकाले सो क्षेत्रलाई अतिक्रमण गर्ने उद्धेश्यले नभई संरक्षण गर्ने उद्धेश्यले ठेक्का आव्हान गरिएको बताए ।
साझेदारी वन क्षेत्रलाई शिवराज नगरपालिकाले ठेक्का लगाउन थाले पछि कपिलवस्तु साझेदारीले गर्न थालेको तारबार र बृक्षारोपणलाई यसरी गर्न खोजियो अबरोध । अबरोध गर्न क–कस्को संलग्नता छ हेरौ यो दृश्य । निहित व्यक्तिहरुका कारण सिंङ्गो समुदाय बदनाम हुने बिषयको बिरोध गर्न सक्नु पर्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend