logo
  • शुक्रबार, असोज ९ २०८३

ह्यान्डसम हंक नेपाल २०१७ को बिजेता बने निपुनराज श्रेष्ठ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुर्य चन्द, काठमाडौँ साउन २७ ।
विश्व मिडिया प्रालिको आयोजनामा सम्पन्न भएको ह्यान्डसम हंक नेपाल २०१७ मा निपुन राज श्रेष्ठ बिजेता बनेका छन । आफुलाई अन्य प्रतिस्प्रधी भन्दा फरक, ह्यान्डसम, बौद्धिक रुपमा अब्बल साबित गर्दै उनले ह्यान्डसम हंक नेपाल २०१७ को अन्तिम छनौटमा पर्न सफल पच्चीस जना प्रतिस्प्रधीहरु लाइ पछि पार्दै उपाधि जित्न सफल भएका थिए ।
ह्यान्डसम हंक नेपाल २०१७ मा २५ जना पुरुष प्रतिप्रधिहरुले अन्तिम चरणमा प्रवेश पाएका थिए । जसमा फस्ट रनरअप उत्तम राज पाण्डे, सेकेण्ड रनरअप टिमेश श्रेष्ठ भएका थिए ।

त्यस्तै गरि मल्टि मिडिया तथा मस्ट पपुलरमा टिमेश श्रेष्ठ, मस्ट डिसिप्लिन दिपेन्द्र कार्की, मिस्टर फोटोजेनिक सुबोध पाण्डे, बेस्ट फिजीक श्री कृष्ण श्रेष्ठ,बेस्ट वाल्क प्रविन परियार, मस्ट ट्यालेण्टेड ओम प्रकाश आचार्य, बेस्ट पर्सनालिटी रिजन बिष्टले उपाधि जित्न सफल भएका थिए ।
प्रतिस्पर्धि युवाहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरु को आत्माबललाई उजागर गराउने कार्य गरेको आयोजक बिक्रान्त पौडेलले बताए ।

ह्यान्डसम हंक नेपाल २०१७ को अन्तिम प्रतिश्प्रधामा नायिका संचिता लुइटेल, संचारकर्मी तथा कलाकार सुर्य चन्द, कोरियोग्राफर आस्विनी झा, समाजसेवी कृष्ण देबकोटा र फेसन डिजाईनर अमित झा निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए ।

कोरियोग्राफर तथा नायक दिवस धितालले कोरियोग्राफ्री गरिरहेको “ह्यान्डसम हंक नेपाल २०१७” सौन्दर्य प्रतियोगिता विश्व मिडिया प्रालिले आयोजना गरेको हो र कार्यक्रम निर्देशकमा प्रहिल कार्की रहेका छन् ।

कोरियोग्राफर दिवस धितालका अनुसार यस पुरुष सौन्दर्य प्रतियोगीताले नेपाली युवाहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त भएका छन ।

भविष्यमा यस्ता कार्यक्रमले गर्दा युवाहरुलाई प्रोत्साहन मिल्ने आत्मा बिश्वासका साथ् उनीहरुको भबिष्य निर्माणमा सहयोग पुग्ने कुरा उनि बताउछन ।ह्यान्डसम हंक नेपाल २०१७ कार्यक्रमको संचालन कार्यक्रम निर्देशकमा प्रहिल कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend