साझा नेटवर्क
कमल पौडेल, बागलुङ साउन २७।
बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं. १ तुम्डाडामा आज सामाजिक विकृति तथा विसंगति न्यूनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमकै अवसर पारेर वडाका लागी गाउँपालिकावाट प्रस्तावित योजना तथा वजेटको जानकारी गराइएको थियो।त्यस्तै दगातुन्डाडा स्वास्थ्य चौकीको आर्थिक वर्ष २०७३/७४ को वार्षिक समिक्षा समेत सोहि कार्यक्रममा गरिएको छ।
कार्यक्रममा बडिगाड गाउँकार्यपालिकाका सदस्य सोमन्ता सलामी, नेकपा एमालेका विना थापा, नेपाली काग्रेसका दुर्गा वहादुर थापा, राष्ट्रिय जनमोर्चाका भिमसेन वन, नेकपा माओवादी केन्द्रका मनोज गैरे, खड्क देवि मावि तुम्डाडाका प्रधानाध्यापक वेद प्रसाद पोखरेल, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष निम वहादुर भुजेल, गिरौंदीखोला लघु जलविद्युत सहकारी संस्थाका अध्यक्ष वेल वहादुर थापा, चिसापानी युवा क्लवका अध्यक्ष रमेश वुढाथोकी, तारेभिर खानेपानी आयोजनाका अध्यक्ष प्रेम लाल पोखरेल लगाएतको सहभागिता रहेको थियो।
कार्यक्रममा स्वास्थ्य चौकीको तर्फवाट स्वास्थ्य चौकीका प्रमुख शेर वहादुर बुढाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्वास्थ्य चौकीका अहेव यान वहादुर श्रेष्ठले धुम्रपानले स्वास्थ्यमा पार्ने असर तथा शिक्षक सुनिल थापाले विकृतिले पार्ने सामाजिक साँस्कृति प्रभावको वारेमा जानकारी गराउनु भएको थियो।
कार्यक्रम वडा अध्यक्ष वोम वहादुर थापाको अध्यक्षता, सामाजिक परिचालक गिता पोखरेलको स्वागत मन्तव्य तथा वडा सचिव गिता पौडेलको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend