logo
  • शनिबार, असोज १० २०८३

आफन्त दिवङ्गत भएकाे सम्झनामा अाज गाईजात्रा मनाइँदै


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का, काठमाडौ साउन २४।
काठमाडौ उपत्यका लगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा अाज गाईजात्रा मनाईदै छ। नेवार समुदायले अाफ्नत दिवङ्गत भएकाको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाउने प्रचलन रहि अाएकाे छ । गाईजात्राका दिन विशेषगरी वर्ष दिनयता मृत्यु भएका आफन्तको स्मृतिमा झाँकीसहित जात्रा निकाल्ने प्रचलन रहि अाएकाे छ । राजधानी तथा देशका बिभिन्न ठाउँहरुमा मृतकको तस्विरसहित गाईको झाँकी सहित शक्ति पिठहरुमा परिक्रमा गरेर मनाईदैछ।दिवङ्गत भएकाको स्मृतिमा पुण्यको कामना गर्दै गाईको झाँकीमा आएकालाई चोखो खानेकुरा र भेटी दान गर्दा पितृले मोक्ष पाउँछन् भन्ने मान्यता छ ।

केहि समय पछि काठमाडौकाे कृर्तिपुरकाे बाध भैरव मन्दिरमा गाईजात्राकाे अायाेजना गरिएकाे बताएको छ। राजा प्रताप मल्लकाे छाेरा मरेपछि रानीलाई भुलाउन राजाले गाईजात्राकाे अायाेजना गरेकाे प्रचान मान्यता रहिआएको छ। साथै गाईजात्राकाे अबसरमा अाज सरकारले उपत्यका बिदा दिएकाे छ ।आफन्त दिवङ्गत भएको सम्झनामा आज गाइजात्रा मनाइदै ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend