logo
  • शनिबार, साउन ९ २०८३

अर्घाखाँची सेवा समाज कतारको १६औ बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

टेक राज थापा दोहा।
अर्घाखाँची बासि एक हौ नेपाली समाजका लागि केहि गरौ,भन्ने मूल नाराका साथ २००६ मा स्थापित अर्घाखाँची सेवा समाज कतारको १६ औ बैठक शुक्रबार,०४ अगस्ट २०१७ दिन सम्पन्न गरेको छ।सँस्थाका अध्यक्ष ठाकुर कुमार परियारको अध्यक्षतामा महासचिब टेक राज थापाको सञ्चालनमा सुरु गरिएको थियो। उक्त बैठकमा प्रमुख सल्लाहकार कार्न्ती सिंह,सल्लाहकार बेदराज अधिकारी,समाज सेबि अग्रज रेम बहादुर बस्नेत,नारायण बस्नेत शुभ चिन्तक कमल अर्याल तथा जिल्ला बासिहरुको बाक्लो उपस्थिति रहेको थियो। बिगत केहि समय देखि रिक्त रहि आएका बिभिन्न पदहरु पदपुर्ती गरिएको छ।यसैगरी रिक्त पदहरु मध्य बर्तमान कोषाध्यक्षराम प्रसाद पराजुली द्वितीयत उपाध्याक्षमा,कार्यसमिति सदस्य अनिल कुमार परियार सचिब,सहकोषाध्यक्ष बिष्णु बहादुर कुँवर कोषाध्यक्षमा र कार्यसमिति सदस्य बाला राम पाण्डे सहकोषाध्यक्षमा त्यसै गरि केन्द्रिय सदस्यहरुमा दामोदर भुसाल,वसन्त भुसाल,मो.सलाप खान र सन्तोष के.सीलाई यसै बैठकबाट पुर्ण सहमतीले पारित गरिएको छ।यसैगरि जिल्लामा छिटै हस्तान्तरण गर्ने योजनामा रहेको एम्बुलेन्स बारे उपस्थितहरु बिच बृहत छलफल गरिएको थियो ।

भने पुर्व एम्बुलेन्स संचालन समिति संयोजक नारायण खनाल कतार छाडेको लामो समय भएको हुदा एम्बुलेन्स संचालन समिति पूर्ण गठन गरिएको छ। कार्न्ती सिंह नेतृत्वमा ७ जना सदस्य चयन गरिएको छ। सदस्यहरुमा बिशेष सल्लाहकार जितेन्द्र पाण्डे,सल्लाहकार बेदराज अधिकारी लगायत सस्थाका पदाधिकारीहरु ठाकुर कुमार परियार,केदार नाथ भुसाल, राम प्रसाद पराजुली र सदस्य सचीवमा टेक राज थापा रहेका छन्।

यसैगरी मिठो सपना बोकेर उज्वल भबिस्यको लागि काठमाडौ स्थित टेयालिन्ट मेनपावरबाट कतार आएका जिल्ला बासी भुमिका स्थान वडा न.३ पीडित कृष्ण बन्जाडे र गुल्मी घर भैइ हाल रुपन्देही बस्दै आउनु भएका चिन्तामणि पन्थी रामेछापका चन्द्रबहादुर बोहरा बिगत २ महिना अगि कतार आएका आउदाको समय दैनिकि खानाको लागि भनेर ३ जनालाई १५०/-दिएको कामदार बताए ।

कम्पनीबाट समस्य  परेको र सम्प्रक बिहिन भएको र पिडितहरुलाई खानको लागि समेत निकै कठिनाइ भएको जानकारी पाइएको र कम्पनी प्रबन्धक अहिले इंडियामा रहेको जानाकारी आएको बताए।

तत्कालको लागि पीडितहरुलाई खानको खर्चको लागि अर्घाखाँची सेवा समाज कतारले कतारी रियाल २००/- महासचीव टेक राजथापा द्वारा हस्तान्तरण गर्नको लागि उपलब्द गराइएको थियो। त्यसै गरि उहाहरुलाई सम्बन्धित कम्पनी संग सम्पर्क गरि नेपाली राजदुतावासको सहयोगमा समस्याको समाधानको लागी पहल गर्ने निणय गरिएको थियो।

यसैगरी विभिन्न प्रस्तावहरुमाउपस्थितीहरु बीच व्यापक छलफल गरि अध्यक्ष ठाकुर परियारले उपस्थिति सम्पुर्णलाई धन्यवाद दिदै सौहार्दपुर्ण बाताबरणमा बैठक समापन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend