logo
  • शनिबार, असोज १० २०८३

टिपरको ठक्करबाट १ जनाको मृत्यु, ३ जना घाईते


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क,बुटवल साउन २३।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीबाट काठमाडौतर्फआउँदै गरेको ना ४ ख ३१०५ नम्बरको टिपर धादिङको धुनीबेसी नगरपालिका ९ खत्रीपौवामा आज टिपरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

टिपरले सडक पेटिमा हिँडिरहेका चारजनालाई ठक्कर दिएको थियो । ठक्करबाट धादिङ धुनीबेसी नगरपालिका.९ का १८ वर्षीय अजय तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

ठक्करबाट घाईते भएको ३ जनालाई उपचारका लागी काठमाडौं वीर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । ठक्कर दिएर फरार रहेको टिपरको खोजी कार्यभईरहेको  जिल्ला प्रहरी धादिङले  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend