logo
  • शुक्रबार, असोज ९ २०८३

अफगानिस्तानमा विद्रोहीको हमला कैयौंको मृत्यु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौ साउन २३।
विद्रोहीको हमलाबाट अफगानिस्तानका अधिकारीहरुका अनुसार उत्तरी प्रान्त सार-ए-पोलमा महिला तथा बालबालिका सहित ५० जनाको ज्यान गएको छ।

सो प्रान्तका प्रशासकले साझालाई बताए।अनुसार विद्रोहीहरुले मिर्जावालङ क्षेत्रमा सुरक्षा शिविरहरुमा आक्रमण गर्दै गाउँमा प्रवेश गरेका थिए र गैरसैनिक व्यक्तिलाई अन्धाधुन्ध आक्रमण गरेका थिए।

उनले भने, “उनीहरु (गैरसैनिकहरु) निकै क्रुर र अमानवीय तरिकाले मारिए।”उनका अनुसार सो आक्रमणमा तालेबान र इस्लामिक स्टेट विद्रोहीहरु संलग्न थिए। दुवै सुन्नी मुस्लिम विद्रोही संगठन हुन्।तर तालिबानको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ। हिंसा तालिबानले २८ जना सरकार समर्थित विद्रोही समूहका सदस्य मारिदिएको दाबी गरेको छ।

अपराधी आतंकवादीहरुले फेरी गैरसैनिक,महिला र बालबालिकाको हत्या गरेका छन्। यो अमानवीय कार्य हो र मानव अधिकार र युद्ध अपराध कानूनको ठाडो उल्लङ्घन हो अशरफ गनी, राष्ट्रपति, अफगानिस्तान सार-ए-पोल प्रान्तका प्रशासकका अनुसार हिंसात्मक आक्रमणमा अफगानिस्तान सरकारका सात सुरक्षाकर्मी र केही विद्रोही पनि मारिएका छन्।

अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले एक वक्तव्यमार्फत आक्रमणको भर्त्सना गरेका छन्।उनले भने,”अपराधी आतंकवादीहरुले फेरी गैरसैनिक, महिला र बालबालिकाको हत्या गरेका छन्। यो अमानवीय कार्य हो र मानव अधिकार र युद्ध अपराध कानूनको ठाडो उल्लङ्घन हो।”

हालैका महिनामा अफगानिस्तानमा हिंसा बढी रहेको छ। राष्ट्रसंघका अनुसार सन् २०१७ को पछिल्लो छ महिनामा १,६६२ जना गैरसैनिक व्यक्तिको ज्यान गइसकेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend